शमसेर अलिकृत तेस्रो कथासङ्ग्रह ‘हुटिट्याउँ’-को सार्वजनिक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, September 2, 2018

शमसेर अलिकृत तेस्रो कथासङ्ग्रह ‘हुटिट्याउँ’-को सार्वजनिक


गफसफ.com, कालेबुङ 2 सितम्बर।
शमसेर अलिकृत तेस्रो कथासङ्ग्रह ‘हुटिट्याउँ’-को सार्वजनिकिकरण गरिएको छ। होटल सिल्भर ओक्समा आयोजित कार्यक्रममा उनको तेस्रो कृति ‘हुटिट्याउँ’ – को साहित्यकार पेम्पा तामाङ, डा. कविता लामा, सञ्जय विष्ट, ज्ञान, कवि राजेन्द्र भण्डारी,  सुतार आदिको बाहुलिबाट सार्वजनिकिकरण गरिएको हो।
कार्यक्रममा मुख्य अतिथिका रूपमा साहित्यकार पेम्पा तामाङ उपस्थित रहेका थिए भने कार्यक्रमलाई कथाकार सञ्जय विष्टले अध्यक्षता गरेका थिए। यस अवसरमा विशिष्ट अतिथिका रूपका डा. कविता लामा, राजेन्द्र भण्डारी आदि उपस्थित रहेका थिए भने विभिन्न स्थानहरूबाट साहित्यकारहरू उपस्थिति पनि रहेको थियो।
कार्यक्रममा डा. कविता लामाले वार्ता प्रस्तुत गरेकी थिइन् भने राजेन्द्र भण्डारी, टिका भाइ, रजनी पेगा आदिले कविता वाचन गरेका थिए। यस अवसरमा कवि सुधीर छेत्रीले शमसेर अलिकृत ‘हुटिट्याउँ’ माथि पाठकिय टिप्पणी गरेका थिए भने कार्यक्रममा साबी रूम्बालाई सम्वर्द्धना जनाइएको थियो।
अघिबाटै दुईवटा कथासङ्ग्रहहरू क्रमैले ‘बिऊ भाले’ अनि ‘सोल्दाती गोर्खा मोल्तो ब्योनी’ प्रकाशित गरिसकेका शमसेर अलिकृत तेस्रो कथासङ्ग्रह ‘हुटिट्याउँ’ लोकप्रिय अनि गम्भीर लेखनको माझमा उभिएर दुवैलाई  लेखनलाई चुनौति दिने प्रकारका रहेको सुधीर छेत्रीले बताएका थिए। यसक्रममा मुख्य अतिथि पेम्पा तामाङले पनि कथाकार शमसेर अलिका अघिल्ला कथाहरूको चर्चा गर्दै उनका कथाहरू राम्रा रहेको बताएका छन्। यसक्रममा सञ्जय विष्टले पनि कथाकार अलिका कथामा स-साना विषयबस्तुलाई मिहिन तरिकाले केलाएर लेख्ने गरेको बताए।

No comments:

Post a Comment

Post Bottom Ad