आउनुहोस् ‘गोर्खा च्यारिटेबल हस्पिटल’ निर्माण गरौँ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, September 1, 2018

आउनुहोस् ‘गोर्खा च्यारिटेबल हस्पिटल’ निर्माण गरौँ

गफसफ.com, कालेबुङ 1 सेप्टेम्बर।
‘गोर्खा च्यारिटेबल हस्पिटल’ निर्माणको परिकल्पना लिएर आज कालेबुङको दु:ख निवारक सम्मेलन भवनमा एक सभा सम्पन्न भएको छ। अस्पताल निर्माण विषयबारे मानिसहरूलाई अवगत गराउनका निम्ति आयोजित सभामा निर्माण समितिका अध्यक्ष महेन्द्र सुब्बा, सचिव सुरेन प्रधान, सहसचिव बबिता मादेन आदि उपस्थित रहेका थिए। यसका साथै सभामा कालेबुङका विभिन्न तप्काका मानिसहरूको पनि उपस्थिति रहेको थियो।
सुरेन प्रधान
सभालाई सम्बोधन गर्ने क्रममा सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटल निर्माण एउटा गाह्रो विषय भए पनि सम्पूर्ण गोर्खाहरूको सहयोग प्राप्त भए यो सम्भव रहेको बताए। यसक्रममा उनले अहिलेघरी सिलगडी क्षेत्रमा विभिन्न नर्सिङ होमहरूमा कुनै पनि बिरामीको जाँच गर्ने क्रममा दैनिक खर्च धेरै हुने गरेको बताउँदै यदि आफुहरूले बनाएको परिकल्पना अनुसार अस्पताल निर्माण गर्न सके अन्य नर्सिङ होमहरूको तुलनामा आधा खर्चमा नै उपचार गर्न सकिने उनले बताए।
‘हामीले 250 बेड भएको अस्पताल निर्माण गर्ने परिकल्पना बनाएका छौँ। उक्त अस्पताल आधुनिक तक्निकीको सुविधा युक्त रहनेछन्। यस्तो महत् कार्यलाई सफल बनाउन सम्पूर्ण मानिसहरूबाट सहयोगको अपेक्षा राख्दछौँ’ सुरेन प्रधानले भने। उनले अस्पताल निर्माणलाई लिएर आफुहरूले जीटीएलाई पनि विशेष अनुरोध गर्ने जानकारी गराउँदै जीटीएकै सहयोगमा राज्य सरकारलाई पनि सहयोग माग्ने जानकारी दिएका छन्।
‘अहिले हामी एकसयजनालाई संस्थापक सदस्य बनाउने कार्य गरिरहेका छौँ। दुईहजार रूपियाँ लिएर हामी एकसय जनाको संस्थापक सदस्य बनाउनेछौँ। उनीहरू सबैको नाउँ पछि अस्पताल निर्माण पछि सङ्गमर्मरमा लेखेर अस्पतालमा राखिनेछ’ सुनेर प्रधानले भने। उनले संस्थापक सदस्यहरूबाट सङ्ग्रह भएका आर्थिक अनुदानले प्रारम्भिक कार्यहरू गर्ने भन्दै भविष्यमा सम्पूर्ण गोर्खाहरूबाट सहयोग राशी सङ्ग्रह गरेर ‘गोर्खा च्यारिटेबल अस्पताल’ निर्माण गर्ने पनि प्रधानले बताएका छन्।
‘हामी अस्पताल मात्र होइन बिरामीहरूका आफन्तहरूलाई बस्नका निम्ति गेस्ट हाउस समेत बनाउने योजनामा छौँ। जहाँ बिरामी ल्याएर आउनेहरू सुलभ खर्चमा बसेर बिरामीको उपचार गर्न सकोस्’ प्रधानले अझ भने। उनले एउटा अस्पताल निर्माण गर्नु खुबै कठिन कार्य भए पनि विश्वभरीका गोर्खाहरू जोडिन सके यो कार्य सफल हुने पनि बताएका छन्। यसक्रममा उनले अम्पूर्ण गोर्खाहरूलाई एकवद्ध बनेर सहयोगका निम्ति जोडिने अपिल पनि गरेका छन्।  

1 comment:

Post Bottom Ad