स्वर साम्रगी अरुणा लामाको 73 औँ जन्म जयन्ती पालन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, September 9, 2018

स्वर साम्रगी अरुणा लामाको 73 औँ जन्म जयन्ती पालन

गफसफ.com, मङपु 10 सितम्बर।
स्वर साम्रागी अरूणा लामाको 73 औँ जन्म जयन्ती पालन गरिएको छ। अरूणा लामा सालिग निर्माण समितिको आयोजनामा निर्माला चौक मङ्पूमा उनको जन्म जयन्ती पालन गरिएको हो।

हरिप्रसाद राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथिका रूपमा गायक गायक राजेन आले उपस्थित रहेका थिए। अध्यक्ष अनि मुख्य अतिथिको बाहुलीबाट दीप प्रज्वलन गरेर पुष्पाञ्जली अर्पण गरेपछि सुरु भएको कार्यक्रममा गायक, सङ्गीतकार, साहित्यकार, शिक्षकवर्ग लगायत अन्य मानिसहरूले स्वर साम्रागी अरूणा लामाको सालिगमा माल्यर्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए। शिक्षक दिलीप शर्माले सञ्चालन गरेको कार्यक्रममा शिला योञ्जनले अरूणा लामाको गीत प्रस्तुत गरेका थिए।
आफ्नो बाल्यकाल मङ्पूमा बिताएकी स्वर सम्रागी अरूणा लामाको जन जयन्ती मङ्पूमा प्रत्येक वर्ष पालन गरिन्दै आएको छ। उनको स्मरणमा अरूणा लामा सालिग निर्माण समितिले मङ्पू निर्मला चौकमा सालिग समेत स्थापित गरेको छ। सोहि सालिग स्थापित गरिएको ठाउँमा आज उनको 73 औँ जन्म जयन्ती पालन गरिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad