रहेनन् अब पञ्चरत्न प्रधान; भोलि अन्तिम संस्कार गरिने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, September 3, 2018

रहेनन् अब पञ्चरत्न प्रधान; भोलि अन्तिम संस्कार गरिने

गफसफ.com, कालेबुङ ३ सितम्बर। 
दार्जीलिङ जिल्लाका पूर्व जिल्ला परिषद् सभाधिपति एवम् कालेबुङका एस.यु.एम.आई. का पूर्व प्रधान अध्यापक पञ्चरत्न प्रधान (पी.आर प्रधान) को ९५ वर्षको उमेरमा निधन भएको छ। आइतबार साँझ उनको सिलगडीको एउटा नर्सिङ होममा मृत्यु भएको हो। शिक्षा अनि राजनीतिको क्षेत्रमा महत्वपूर्ण योगदान दिने पञ्चरत्न प्रधानको मृत्युले कालेबुङ शोकको लहरमा डुबेको छ।
को हो त पञ्चरत्न प्रधान (पी.आर प्रधान)  ?
के.डी प्रधान अनि आग्नेश प्रीतिमाया प्रधानका छोरा पञ्चरत्न प्रधान (पी.आर प्रधान) को जन्म १५ जनवरी १९२३ का दिन भएको थियो। राजनीतिशास्त्रमा  स्नातकोत्तर गरेका पी.आर प्रधानले सन् १९८१ मा शिक्षाको क्षेत्रमा राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए।
कालेबुङ कन्या पाठशामा प्राथमिक शिक्षा हासिल गरे पछि एस.यु.एम.आई-बाट उनले १९४१ मा म्याट्रिकुलेशन अनि १९४३ मा आइ.ए पास गरेका हुन्। त्यसपछि सन् १९४६ मा रेभ. विलियम स्कटले उनलाई एस.यु.एम.आईमा सहशिक्षकका रूपमा नियुक्ति दिए पछि उनले शिक्षण कार्य सुरु गरेका हुन्। पछिबाट सोहि विद्यालयमा प्रधान अध्यापक बनेर उनले कालेबुङको शैक्षिक विकासको क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गरि अवकास ग्रहण गरेका हुन्।
राजनीति प्रति पनि उत्तिकै चासो राख्ने पी.आर प्रधान कालेबुङ नगरपालिकाको वार्ड नम्बर ८ बाट तीनपल्ट नगरपार्षद समेत चुनिएका थिए। पछि सन् १९७८ मा दार्जीलिङ जिल्लाका जिल्ला परिषद सभाधिपतिको पदमा पनि उनी आसिन बनेर कार्य गरेका हुन्। यसका साथै उनको विभिन्न सामाजिक संघ संस्थाहरूसँग पनि संलग्नता रहेको थियो भने उनी कालेबुङ प्रेस क्लबका आजीवन सदस्य पनि रहेका थिए।
शिक्षा र राजनीतिको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका पी.आर प्रधानको मृत्युले कालेबुङमा शोकको लहर छाएको छ भने अहिले उनलाई श्रद्धाञ्जली अर्पण गर्नेहरू निवास स्थानमा पुगिरहेका छन्।
पारिवरिक सूत्रबाट प्राप्त जानकारी अनुसार स्व. प्रधानको अन्तिम संस्कार ख्रिष्टिय परम्परा अनुसार भोलि गरिने भएको छ भने विहान 8 बजे उनको निवास स्थानबाट अन्तिम यात्रा निकालिने भएको छ। यसैक्रममा उनको नागरिक श्रद्धाञ्जलीको कार्यक्रम बिहान 8:30 बजे एस.यु.एम. आई प्राङ्गनमा हुने भएको छ भने 12:30 बजे म्याकफार्लेन चर्चमा सङ्गती पछि अन्तिम यात्रा निस्कने भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad