पी.आर प्रधानको मृत्यु पहाडवासीको निम्ति क्षति - विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, September 3, 2018

पी.आर प्रधानको मृत्यु पहाडवासीको निम्ति क्षति - विनय तामाङ

गफसफ.com, दार्जीलिङ ३ सितम्बर।
पी.आर प्रधानको मृत्यु प्रति जीटीए बोर्ड अध्यक्ष विनय तामाङले श्रद्धाञ्जली दिएका छन्। उनको एक विज्ञप्ति जारी गरेर श्रद्धाञ्जली दिएका हुन्। प्रधानको मृत्युले पहाडलाई नै क्षति पुगेको भन्दै तामाङले श्रद्धाञ्जली दिएका छन्।
‘कालेबुङ एसयुएमआईका पूर्व प्रधान अध्यापक पीआर प्रधानजीको स्वर्गवास भएको दुःखद समाचार प्राप्त भएको छ। उहाँ एक आदर्श शिक्षकको साथसाथै एक सम्मानित समाजसेवी पनि हुनुहुन्थ्यो। वहाँको निधनले दार्जीलिङ पहाडलाई ठूलो आघात अनि क्षति पुराएको छ’ जीटीए बोर्ड अध्यक्ष विनय तामाङले भनेका छन्।
यसक्रममा तामाङले शोकित परिवार प्रति समवेदना पनि प्रकट गरेका छन्। ‘श्रद्धेय पीआर प्रधानजीको दिवगंत आत्माको चीर शान्तिको कामना राख्दछु। पुण्यात्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति सम्वेदना पनि प्रकट गर्दछु’ विनय तामाङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad