विश्वविद्यालयको नाउँ डा. ईन्द्रबहादुर राईको नाउँमा हुनपर्ने माग - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, September 2, 2018

विश्वविद्यालयको नाउँ डा. ईन्द्रबहादुर राईको नाउँमा हुनपर्ने माग

गफसफ.com, बिजनबारी 2 सितम्बर।
आगामी 5 सितम्बर शिक्षक दिवसको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले शिल्यान्यास गर्ने राज्यस्तरीय विश्वविद्यालको निम्ति प्रतिभा प्रेरणा परिषदले स्वागत जनाएको छ। यसका साथै परिषदले उक्त विश्वद्यालय महान् साहित्यकार डा. ईन्द्रबहादुर राईको नाउँमा हुनपर्ने पनि माग गरेको छ।
‘हामी मुख्यमन्त्री ममता ब्यानर्जीको ऐतिहासिक कार्यका निम्ति बधाई दिँदै स्वागत गर्दछौँ। यसका साथै उक्त विश्वविद्यालयको नाउँ भारतेली नेपाली साहित्यका स्तम्भ मानिएका डा. ईन्द्रबहादुर राईको नाउँमा हुनसक्ने अझ राम्रो हुनेछ’ प्रतिभा प्रेरणा परिषदाअ रमेश कडरियाले भने। यस अन्दर्भमा आफुहरूले संस्थागत रूपमा जीटीए बोर्ड अध्यक्ष विनय तामाङलाई भेट गरेर पछिबाट मुख्यमन्त्रीलाई पनि पत्रचार गर्ने उनले जानकारी दिएका छन्।
उनले अहिलेघरी पहाडका शैक्षिक विकासको क्रान्ति सुरु हएको दावी गर्दै केन्द्र सरकारले केन्द्रिय विश्वविद्यालयको नाउँमा पहाडका जनतलाई हावा मिठाई मात्र खुवाएको पनि आरोप लगाएका छन्। यसक्रममा उनले अहिलेघरी राज्य सरकारले पनि पाहाडको शिक्षा व्यवस्थालाई बलियो बनाउने कार्य गरिरहेको भन्दै उक्त कार्यका निम्ति जीटीए अनि राज्य सरकारप्ति आभार प्रकट गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad