कालेबुङ शहरलाई सफा राख्न ब्यानर, पोस्टर लगायत दलीय झण्डा हटाउने कार्य आरम्भ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, September 26, 2018

कालेबुङ शहरलाई सफा राख्न ब्यानर, पोस्टर लगायत दलीय झण्डा हटाउने कार्य आरम्भ


गफसफ.com, कालेबुङ २5 सितम्बर।
कालेबुङ शहरलाई सफा अनि स्वच्छ बनाएर राख्नका निम्ति नगरपालिकाले शहरमा लगाएका पोस्टर, ब्यानर, होर्डिङ लगायत राजनैतिक पार्टीको झण्डाहरू समेत निकाल्ने कार्य आरम्भ गरेको छ।

नगरपालिका अध्यक्ष रवी प्रधानको नेतृत्वमा विभिन्न वार्डका नगरपार्षदगण, नगरपालिका सफाई कर्मचारीवर्गले उक्त सफाई अभियान सुरु गरेको हो। विशेष गरेर विभिन्न कार्यक्रमहरूलाई लिएर मानिसहरूले शहरका विभिन्न स्थानहरूमा लगाएरा पोस्टर, चेन फ्ल्याग आदि कार्यक्रम सकेर पनि हटाउने कार्य नगरेपछि नगरपालिकाले स्वच्छ भारत अभियान अन्तर्गत शहरलाई स्वच्छ अनि सुन्दरीकरण गर्न उक्त सफाई अभियान सुरु गरेको नगरपालिका अध्यक्ष रवी प्रधानले बताएका छन्।
कार्यक्रमलाई लिएर शहरका विभिन्न स्थानहरूमा लगाएका ब्यानरहरू कार्यक्रम समापन भएको तीन दिनभित्रमा हटाउनुपर्ने कालेबुङ नगरपालिकाले निर्देश दिए पनि आजसम्म कसैले पनि शहरमा लगाएका ब्यानर, पोस्टर तथा झण्डाहरू हटाउने कार्य नगरेपछि आखिरमा नगरपालिकालेनै सफाई अभियान सुरु गरेर हटाउने कार्य गरेको हो।
‘हामी कालेबुङ शहरलाई स्वच्छ अनि सुन्दर बनाउन चाहन्छौँ। यसैकारण स्वच्छ भारत अभियान अनुसार शहरको विभिन्न ठाउँहरूमा लगाएका ब्यानर, पोस्टर आदि हटाउने कार्य सुरु गरेका हौँ’ नगरपालिका अध्यक्ष रवी प्रधानले भने।

No comments:

Post a Comment

Post Bottom Ad