नारी शसक्तिकरणको निम्ति एक दिवसीय कार्याशाला - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, September 26, 2018

नारी शसक्तिकरणको निम्ति एक दिवसीय कार्याशाला

गफसफ.com, कालेबुङ २६ सितम्बर।
नेशनल रूरल लाइलीवुड मिशन योजना अन्तर्गत ग्राम पञ्चायत क्षेत्रका नारीहरूलाई लिएर नारी शसक्तिकरणको निम्ति एक दिवसीय कार्यशाला सम्पन्न भएको छ। कालेबुङ कन्या उच्च पाठशालाको शतवार्षिकी भवनमा आयोजित उक्त कार्यशाला पश्चिम बङ्गाल सरकारको जिल्ला ग्रामिण विकास विभागद्वारा आयोजित गरिएको थियो।

कार्याक्रममा मुख्य अतिथिका रूपमा जीटीए मुख्य सचिव छोडेन डी लामा उपस्थित रहेकी थिइन् भने जिल्लापाल डा. विश्वनाथ, प्रोजेक्ट डाइरेक्टर निमा लह्मु भोटिया लगाय अन्य विभागीय अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।
यस अवसरमा नारीहरूलाई विभिन्न योजनाहरू मार्फत् स्व निर्भर बन्नका निम्ति गर्न सकिने कार्यहरूबारे जानकारी गराउने कार्य भएको थियो। विशेष गरेर नारीहरूलाई स्व निर्भर बन्नका निम्ति प्रोत्साहन प्रदान गर्न विभागीय पक्षबाट गरिने सहयोगबारे पनि कार्याशालामा जानकारी गराइएको थियो भने उनीहरूलाई सरकारी योजनाहरूबारे पनि अवगत गराइएको थियो। यस अवसरमा जीटीए मुख्य सचिव छोडेन डी लामाले पावर पोइन्ट प्रेजेन्टेसन मार्फत नारी शसक्तिकरणवारे अवगत गराएकी थिइन्।

No comments:

Post a Comment

Post Bottom Ad