भाजपाले कहिल्यै पनि अलग राज्य गोर्खाल्याण्ड दिँदैन – डा. हर्कबहादुर छेत्री - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, September 2, 2018

भाजपाले कहिल्यै पनि अलग राज्य गोर्खाल्याण्ड दिँदैन – डा. हर्कबहादुर छेत्री

गफसफ.com, कालेबुङ 2 सितम्बर।
‘भाजपाले हामीलाई कहिल्यै पनि अलग राज्य गोर्खाल्याण्ड दिँदैन। हामीले दुईवटा लोकसभा चुनावबाट थाह पाइसकेका छौँ। एकचोटि केन्द्रको सत्तामा उनीहरू आएन तर दोस्रोचोटि पूर्ण बहुमतको साथमा सत्तामा आउँदा पनि गोर्खाल्याण्डको कुरा समेत गरेन’ उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनेका हुन्।
Dr. Harka Bahadur Chhetri, President, Jan Andolan Party
जन आन्दोलन पार्टीको आयोजनामा आज अलगडा बजारमा पथसभा सम्पन्न भएको थियो। पथसभालाई सम्बोधन गर्दै जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भाजपाको जोडदार आलोचना गर्दै गोरामुमो पार्टीदेखि गोजमुमो पार्‍तीसम्मकै आलोचना गरेका थिए। यसक्रममा उनले भाजपा गोर्खाल्याण्ड प्रति ईमान्दार नरहेको दावी गर्दै आगमी 2019 को ओकसभा चुनावमा 11 जात गोष्टिलाई जनजाति बनाउने मुद्दा बोकेर भोट माग्न आउन सक्ने बताए।
उनले आजसम्म जनतालाई गोर्खाल्याण्डको नाउँमा सबैले ठगेको भन्दै अब जनताले आफ्नो चेतना जगाएर ठगिने कार्य गर्न नहुने पनि आह्वान गरे। ‘नेतृत्वहरूले जनतालाई बारम्बार ठग्ने कार्य गरिरहेको छ। बारम्बार दिग्भ्रमित पारेर अहिलेसम्म जनता आफै ठगिएका कुरा  हामी सबै ठाउँमा बताउँने छौँ। योग्यता नभएका दललाई जनताले हेर्ने गरेको कार्य अहिलेसम्म ठगिन परेको हो। यी सम्पूर्ण कुराहरू गाउँ-गाउँमा हामी जनतालाई बुझाएर सचेत बनाउने कार्य गर्नेछौँ’ –डा. हर्कबहादुर छेत्रीले भने।
धेरै लामो समयसम्म मौनता साँचेर बसेको जन आन्दोलन पार्टीले आज कालेबुङको अलगडामा पथसभा आयोजना गरेर मौनता तोडेको हो। विभिन्न स्थानहरूमा पथसभा गर्ने योजना बनाएको जन आन्दोलन पार्टीले सम्भवत: आगमी 2019 मा सम्पन्न हुने लोकसभा चुनावलाई हेरेर राजनैतिक कसरत सुरु गरेको हो। यस अवसरमा जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री, सर्वोच्च नीति निर्धारण समितिका सदस्य अमर लामा मुख्य वक्ताका रूपमा उपस्थित रहेका थिए।
‘जनताको साथ पाएका नेताहरूले जनतालाई भने बारम्बार ठग्ने कार्य मात्रै गरेको छ। बारम्बार ठगिएका जनता अब यसपल्ट पुन: ठगिन हुँदैन। हामी यहीँ कुरा नै जनतालाई बुझाउन चाहन्छौँ’ डा. हर्कबहादुर छेत्रीले भने। यसक्रममा उनले अब आगमी लोकसभा चुनावमा जनताले नेताको क्षमता हेर्नुपर्ने आह्वान गर्दै यसपल्ट ठगिने कार्य गर्न नहुने आह्वान गरेका थिए।
‘अलग राज्यको मुद्दालाई अघि बडाएर लैजानुपर्छ भन्ने कुराको योग्यता नै अहिलेसम्मका नेताहरूमा थिएन। यसैकारण अब जनताले नेताको योग्यता हेरेर चयन गर्नुपर्छ’ डा. हर्कबहादुर छेत्रीले अझ भने –‘विगतका भुलहरूबाट सिकौँ अनि विगतका कुन-कुन नेता र दलहरूले ठगेका छन् भन्ने कुरा बुझौँ। यसपल्ट भावना होइन चेतनालाई काममा लगाउनुपर्छ।’ डा. छेत्रीले आफ्नो सम्बोधनको क्रममा भाजपा प्रति पनि कटाक्ष गर्दै जनताले दुईचोटि चुनेर संसदमा पठाउने कार्य गरे पनि भाजपाले भने जनताको दु:ख बुझन पहाडमा आउने कार्य समेत नगरेको दाबी गरे।
डा. छेत्रीले छुट्टै राज्य गोर्खाल्याण्डको आवाज दिल्लीको सांसदमा उठ्नका निम्ति केन्द्रको सत्ता अनि राज्यको सत्तामा भएको राजनैतिक दलका प्रतिनिधी पुग्न नहुने पनि बताएका छन्। ‘केन्द्रको सत्तामा रहेको प्रतिनिधी चुनिए उसले केन्द्रकै भाषा बोल्छ अनि राज्यको सत्तामा भएको दल पुगे राज्यको भाषा नै बोल्छ। यसकारण यदि गोर्खाल्याण्डको आवाज संसदमा उठ्नु हो भने यहाँबाट स्थानीय व्यक्तिलाई नै जनताले चुनेर पठाउनुपर्छ’ डा. हर्कबहादुर छेत्रीले भने।

डा. हर्कबहादुर छेत्री भाषण पुरा हेर्नलाई यहाँ थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad