लोकसभा चुनाव 2019; डा.पीडी भोटिया तृणमूल प्रार्थी बन्ने नै हुन् त ? - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, September 18, 2018

लोकसभा चुनाव 2019; डा.पीडी भोटिया तृणमूल प्रार्थी बन्ने नै हुन् त ?

गफसफ.com-डेस्क, कालेबुङ 18 सितम्बर।
संसार जित्छु भनेर हिँडेका कालेबुङ जिल्लाको लाभा अधिनस्थ् सेर्पा गाउँ निवासी डा. पी.डी भोटिया संसार जित्न अगावै पहाडको मायाले पुन: पहाडतिर नै फर्किएका छन्। सोम्बार पश्चिम बङ्गाल कामी विकास एवम् सांस्कृतिक बोर्डको दोस्रो वार्षिकोत्सवमा विशिष्ट अतिथिका रूपमा उपस्थित डा. भोटियाले आफु संसार जित्छु भनेर हिँडे पनि आखिरमा पहाडको मायाले फर्किएको बताएका छन्।
Dr. P.D Bhutia
‘संसार जित्छु, लड्छु भनेर त्यहाँ (सिलगडी) पुगे तर, आज यहाँको मायाले फर्केर यतै आएँ’ डा. पी.डी भोटियाले कार्यक्रमलाई सम्बोधन गर्दै भने। उनले आफुलाई के को मायाले तान्यो? भन्ने कुराको चुरा खुलस्त नपारे पनि पहाडको विकास गर्ननै आफु पहाड फर्किन पर्ने रहेको सम्भावना भने बताए। यद्यपी उनले संसार जित्न अघि पहाडको मायाले फर्किए पछि के गर्ने हुन् भन्ने कुराको पनि स्पष्टसँग केहि बताएनन्।
डा. पी.डी भोटियाको नाउँ आगमी लोकसभा चुनावलाई लिएर चर्चामा छ। एक अङ्ग्रेजी दैनिक समाचार पत्रले डा. भोटिया आगमी लोकसभा चुनाव तृणमूल कङ्ग्रेसको टिकटमा लड्न सक्नेबारे अघिबाटै समाचार प्रकाशित गरिसकेको छ। उक्त समाचार प्रकाशित भएपछि डा. जति चर्चामा छन् त्यति नै उनी विभिन्न कार्यक्रमहरूमा पनि सहभागी बनिरहेका छन्। जुन सहभागिताले उनको चुनाव लड्ने सम्भावनालाई अझ प्रष्ट बनाइरहेको छ।
डा. भोटियाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विकास बोर्ड मार्फत मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडको विकास गर्न चाहेको भन्दै उनको प्रशंसा गर्न पनि पछि परेनन्। उनले आफु सानो छँदा धेरै दु:ख भोग्न परेको भन्दै अहिले त्यस्तो दुख भोग्न नपरेको पनि उनले बताए। ‘मुख्यमन्त्री ममता ब्यानर्जीले बोर्डको मार्फत् जुन भिजन देखेका छन् त्यो भिजन प्रत्येक गाउँको घर-घरमा पुगोस्’ डा. पी.डी भोटियाले भने।

No comments:

Post a Comment

Post Bottom Ad