मतदाता सूची समिक्षा कार्य आरम्भ; नयाँ नाम दर्ता अथवा संशोधन वा काटिएको नाउँ चढाउन सक्नेछन् - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, September 1, 2018

मतदाता सूची समिक्षा कार्य आरम्भ; नयाँ नाम दर्ता अथवा संशोधन वा काटिएको नाउँ चढाउन सक्नेछन्

गफसफ.com, कालेबुङ 1 सेप्टेम्बर।
दुई महिना व्यापी मतदाता सूची समिक्षा कार्य आरम्भ भएको छ। प्रत्येक बुथ कार्यमा सम्पन्न हुने उक्त मतदाता सूची समिक्षा कार्यमा मतदान गर्ने उमेर पुगेकाहरूले आफ्नो नाउँ दर्ता गर्न सक्नेछन् भने नाम संशोधन, ठेगाना परिवर्तन आदि कार्यहरू हुने भएको छ। यसबारे आज कालेबुङ जिल्लापाल डा. विश्वनाथले एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्।
Sample Photo
आजदेखि आरम्भ भएको उक्त कार्य आगामी 31 अक्टोबर 2018 का दिनसम्म चल्ने जिल्लापल डा. विश्वनाथले जानकारी दिएका छन्। यस अवधी चुनाव आयोगले निर्धारित गरेको तारिकहरूमा कसैले पनि मतदाता सूचीमा भएको कुनै पनि विषयमा आफ्नो दावी अथवा आपत्ति दर्ता गर्न सक्नेछन्।
विशेष गरेर मतदान गर्नका निम्ति निर्धारित उमेर पुगेकाहरूले आफ्नो जन्म प्रमाण पत्रको आधारमा मतदाता सूचीमा आफ्नो नाउँ अन्तर्भुक्ति गर्न सक्नेछन् भने मतदाता सूचीबाट नाउँ हटाउन समेत सक्नेछन्। यसका साथै मतदाता सूचीमा भएका कुनै गल्तिलाई पनि यसै समयमा सुधार्ने कार्य गरिने भएको छ भने आफ्नो नाउँ अर्को मतदान केन्द्रमा स्थान्तरण गर्ने कार्य भने यसओ अवधीभरी हुने भएको छ। यस लगायत अघिबाटै मतदाता सूचीमा नाउँ कुनै कारणवस काटिएको छ भने आफ्नो आवाश्यक कागजपत्रको साथमा पुन: नाउँ अन्तर्भुक्तिको आवेदन पनि गर्न सक्ने भएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad