बाघपुल नजिक पैह्रो; राष्ट्रिय राजमार्ग 31 पूर्णरूपले बन्द - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, September 11, 2018

बाघपुल नजिक पैह्रो; राष्ट्रिय राजमार्ग 31 पूर्णरूपले बन्द

गफसफ.com, डुवर्स, 11 सितम्बर।
अविरल वर्षाको कारण राष्ट्रिय राजमार्ग 31 बाधित बन्न पुगेको छ। बाघपुल नजिक मङ्पङ क्षेत्रमा राष्ट्रिय राजमार्ग 31 मा पैह्रो गएर बाटो दबिएपछि यातायाता बाधित बन्न पुगेको हो।

अविरल वर्षाको कारण टिस्टा नदिको जलस्तर बडेर मङ्पङ नजिक तलबाट पैह्रो जाँदा राष्ट्रिय राजमार्ग 31 पूर्णरूपले दबिएर वाहनहरूको आवगमन पूर्णरूपले ठप्प बन्न पुगेको हो।
यातायात बाधित बन्न परेपछि बाघपुल भएर डुवर्सगामी वाहनहरूको चलाचल पूर्णरूपले बन्द भएको छ भने अहिलेघरी गजलडोब्बा भएर यातायात गर्न परिरहेको छ। यता बाघपुल भएर कालेबुङ आउने बाहनहरू भने गोरुउबथान हुँदै लाभा भएर कालेबुङ सम्म आउन परिरहेको छ।

पैह्रोले राजमार्ग पूर्णरूपले दबिएपछि यातायात सूचारू गर्नका निम्ति विभागिय अधिकारीवर्गले कार्य सुरु गरिसकेको छ भने यातायात यथाशिघ्र सञ्चालन हुनसक्ने सम्भावना भने अत्यन्तै कम्ति रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad