अविरल वर्षाले पश्चिम सिक्किममा पैह्रो जाँदा घरबार नष्ट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, September 11, 2018

अविरल वर्षाले पश्चिम सिक्किममा पैह्रो जाँदा घरबार नष्ट


गफसफ.com, याङथाङ, 11 सितम्बर।
अविरल वर्षाको कारण पश्चिम सिक्किमको विभिन्न ठाउँहरूमा पैह्रो गएको छ। जसको कारण यातायात सुविधा बाधित बन्न पुएको छ भने सरकारको पक्षबाट यातायात सूचारू गर्नका निम्ति कार्य गरिरहेको छ।

अविर वर्षाको कारण याङथाङ निर्वाचन क्षेत्र अधिनस्थ याङ्तेमा ज्ञान बहादुर कार्कीको घर पूर्णरूपले पैह्रोले सोह्रेर लगेपछि परिवार पक्ष बेघर बनेका छन्। अविरल बर्षाको कारण पैह्रोको खत्रा देखेपछि घरका मानिसहरू उक्त घर छोडेर भागेपछि उनीहरू भाग्यले बाँचेका छन्। उक्त पैह्रोको चपेटमा परेर ज्ञानबहादुर कार्कीको चारवटा बाख्रा अनि 4 सय पोल्ट्री कुखुरा पनि पुरिएको छ।
यसरी नै गेजिङ बजार नजिक नजिक साक्योङ निवासी गोपि कटुवालको घर पनि पैह्रोले क्षतिग्रस्त बनाएको छ भने पैह्रोले जमिन दबिएपछि निर्माणाधिन घरको संरचना पनि क्षतिग्रस्त बनेको छ। पैह्रोको कारण घर भत्केपछि उनीहरूले घरभित्रका सामाग्रीहरू निकालेर सुरक्षित स्थानमा सारेका छन्। घट्नाको जानकारी पाएपछि घट्ना स्थलमा पुलिस बल सहित एनडीआरएफका जवानहरूले पनि घट्ना स्थलको दौडाह गरेका थिए।
यता अविरल वर्षाकै कारण याङ्ते निवासी मनोज तामाङको भान्सा कोठालाई आंशिक क्षति पुर्‍याएको छ। माथिबाट सोह्रिएर आएको पैह्रोले भान्सा घरलाई लागेपछि आंशिक क्षति भएको हो भने उक्त क्षेत्रमा व्यापक पैह्रो जाने सम्भावना वृद्धि भएको छ। अविरल वर्षाको कारण चारैतिर पैह्रो जान थालेपछि उक्त क्षेत्रका मानिसहरू त्रसित बनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad