जोइन्ट फोरमको उत्तरकन्या चलो अभियानलाई रोक्यो पुलिसले - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 9, 2018

जोइन्ट फोरमको उत्तरकन्या चलो अभियानलाई रोक्यो पुलिसले


गफसफ.com, दार्जीलिङ, 9 अगस्त।
चिया श्रमिकहरूको अधिकारको निम्ति आन्दोलन गरिरहेको जोइन्ट फोरमको उत्तरकन्या चलो अभियान पुलिसले रोकेपछि आधा बाटोमा नै रोकिन परेको छ। मुण्डा बाँसघारीबाट सुरू भएको उत्तरकन्या चलो अभियान पुलिसले सोनादामा रोकेको हो। जोइन्ट फोरमका नेतृत्वर्गको साथमा चिया श्रमिकहरू पनि समावेश रहेको पैदल यात्रालाई सोनादाको ग्यारेज लाइनमा पुलिसले रोकेपछि त्यहीँ पथसभामा परिणत भएको थियो। उनीहरू लगभग 8 किलोमिटरको पैद हिँडेर यहासम्म आइपुगेको प्रवक्ता सुनिल राईले जानकारी दिएका छन्।

चिया श्रमिकहरूका निम्ति न्यूनत्तम रोजगार ऐन लागु गर्नलाई उत्तरकन्याबाट नै कुरा उठ्न शुरू भएको अनि त्यहाँ नै वैठकहरू समेत भएको भन्दै उत्तरकन्या चलो अभियान जोइन्ट फोरमले सुरु गरेको पनि राईले बताएका छन्। यस अवसरमा चिया श्रमिकवर्गको पनि व्यापक सहभागिता रहेको थियो। यसै अवधी सम्पन्न भएको पथसभमा गोजमुमो अनि तृणमूल कङ्ग्रेसको श्रमिक सङ्गठन क्रामाकपा, गोरामुमो, जन आन्दोलन पार्टी, कंग्रेस, गोर्खालीग र माकपाका श्रमिक संगठनका नेताहरूले भाग लिएका थिए। यसक्रममा श्रमिकवर्गलाई विभिन्न राजनैतिक दलका श्रमिक सङ्गठनका नेताहरूले सम्बोधन गर्दै आफ्नो अधिकारका निम्ति सङ्गठित लडाँई लडे निश्चय नै सफलता पाउने भन्दै यो लडाईँलाई सफल पारेर नै बिसाउने पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad