एक वर्षपछि जेलबाट बाहिर निस्के पी.एस गोले, अनि भने - सिक्किमे जनतालाई तानाशाही चङ्गुलबाट मुक्ति दिनेछु’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 10, 2018

एक वर्षपछि जेलबाट बाहिर निस्के पी.एस गोले, अनि भने - सिक्किमे जनतालाई तानाशाही चङ्गुलबाट मुक्ति दिनेछु’

गफसफ.com, गान्तोक, 10 अगस्त।
एकवर्षको जेल सजाय भोगेर सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पी.एस गोले आज बाहिर निस्केका छन्। गतवर्ष 10 अगस्तमा दिन जेल पसेका गोले सजाय काटेर बाहिर निस्केपछि उनको स्वागतमा विभिन्न स्थानबाट धेरै सङ्ख्यामा कार्यकर्ताहरू गान्तोकमा भेला भएका थिए। यसक्रममा उनले सिक्किमे जनताको माया र आशिर्वाद पाएर जेलभित्र पनि कहिल्यै एक्लो महशुस नगरेको बताएका छन्।
P.S Golay (File Photo)
उनले जेलबाट बाहिर निस्कने साथ सिक्किमे जनता अनि सम्पूर्ण सिकिम क्रान्तिकारी मोर्चाका कार्यकर्ताहरूलाई धन्यवाद दिएका छन्। ‘एकवर्षको जेल सजाय भोगेर आज बाहिर निस्केको छु अनि यसको निम्ति सिक्किमे जनता र पार्टीका कार्यकर्ताहरूलाई विशेष धन्यवाद दिँदछु’ –पीएस गोलेले बाहिर निस्कने साथ पत्रकारहरूलाई भने।
‘एकसालको कारवासलाई समाप्त गरेर आज तपाईँहरूको अघि खडा छु। तपाईँहरूको माया र आशिर्वादले जेलमा कहिले एक्लै महशुस गरिने। जेलमा कहिले पनि दुख महशुस गरिने’ गोलेले सिक्किम जनतालाई सम्झना गर्दै भने।
पी.एस गोले जेलबाट निस्केपछि 
 जेल सजाय भोगेर बाहिर निस्केपछि उनले आफुले जेलमा सजाय काटिरहेको समयमा सिक्किमा अनेकौँ पी.एस गोलेहरू जन्मिएको आज बाहिर निस्केर थाह पाएको पनि बताएका छन्। उनले जेल जान अघि आफुले सिक्किममा एकजना पीस गोलेलाई जेल पठाउँदा हजारौँ पी.एस गोले जन्मनेछन् भनेको स्मरण गर्दै उक्त कुरा आज चरितार्थ भएको पनि उनले दाबी गरेका छन्। यसक्रममा उनले जेलबाट बाहिर निस्कँदा अझ दह्रो भएर निस्केको बताएका छन्
‘आज सिक्किमका कसले भ्रष्टचार गर्‍यो त्यो जनतालाई थाह छ। मलाई भ्रष्टचारको आरोप लगाएर जेल पठायो  तर जो हजारौँ करोडको भ्रष्टचार गर्नेहरू छन् उनीहरू भने सरकारमा छ’ पी.एस गोलेले एस.डी. एफ पार्टी प्रति कटाक्ष गर्दै भने। यसक्रममा उनले न्यायालयको आदेशलाई सम्मान गरेर आफु जेल गएको भन्दै एकवर्ष आफ्ना पार्टी कार्यकर्ताहरूसँग नहुनुको दुख भने आफुसँग रहेको उनले बताएका छन्।
‘न्यायालयको आदेशलाई आदर गरेर जेलमा गएको हुँ। जुन सजाय समाप्त भएर आज बाहिएर निस्केको छु भने अब म समपूर्ण रहल जिन्दगी सिक्किमे आमाको सेवाको निम्ति खर्च गर्नेछु’ पीएस गोलेले अझ भने – ‘आज सिक्किमे जनता जुन चङ्गुलमा कैद भएको त्यो चङ्गुलबाट म बाहिर निकाल्ने हरदम प्रयास गर्नेछु। चाहे आफ्नो प्राण नै जाए जाओस्।’
पी.एस गोलेको स्वागतमा जुटेका कार्यकर्ताहरू 
उनले जेलबाट बाहिर निस्केपछि सिक्किम राज्यलाई सिक्किमे जनताको सपनाको सिक्किम बनाउने दाबी पनि गरेका छन्। ‘मेरो सपनाको सिक्किम होइन, सिक्किमे जनताको सपनाको सिक्किम बनाउँन चाहन्छौँ। कुनै पनि व्यक्तिको सपनाको सिक्किम भएको कारण सिक्किम वर्वाद भएर गएको छ’ गोलेले मुख्यमन्त्री चामलिङको नाउँ नलिई कटाक्ष गर्दै अझ भने –‘एसकेएमले कुनै पनि व्यक्तिको सपनाको सिक्किम होइन तर सिक्किमे जनताको सपनाको सिक्किम बनाउनेछ।’
गोलेले जेलबाट बाहिर निस्केपछि आगमी वर्ष सम्पन्न हुने सिक्कि विधानसभाको चुनावका निम्ति आफुहरू पूर्णरूपले तयार रहेको पनि बताएका छन्। ‘हामी पूर्णरूपले 2019 को निम्ति तयार छौँ। मलाई थाह छ सिक्किमे जनताले हामीलाई बुझिसकेका छन्। अब कुनै प्रकारको जनतालाई सरकारको तर्फबाट दबाउ लगाएर पैसाले भोट किन्ने प्रयास गरेपनि उनीहरूको प्रयास सफल हुनेछैन’ गोलेले भने।
यता एकवर्ष जेल सजाय भोगिसकेका गोलेले चुनाव लड्न पाउनेछैन भन्ने चलेको विवाद माथि उनलाई प्रश्न गर्दा यसबारे पनि उनले जवाब दिएका छन्। ‘मलई 2019 को चुनाव लड्नु नलड्नुको सरोकार छैन। मैले चुनाव लड्न अनि मुख्यमन्त्री हुनलाई सिक्किममा राजनीति गरेको छैन’ गोलेले अझ भने - ‘पीएस गोले भोट लड्नु पाउनु नपाउनु अर्को कुरा हो तर, भोलिको दिनमा सँच्चै एसडीएफ सरकारममा आउँला?’
उनले आफुलाई भोट लड्नु पाउनु नपाउनुसँग कुनै सम्बन्ध नरहेको भन्दै पीएस गोलेजस्ता हजारौँ युवाहरू तयार भइसकेको पनि उनले बताएका छन्। ‘भोलिको दिनमा पीएस गोले कप्तान भएर मैदानमा निस्कोस् अथवा कोच भएर निस्कोस् तर हामी निश्चय नै जित हासिल गर्नेछौँ’ पी.एस गोलेले भने। यसक्रममा उनले आफ्नो जेल सजायलाई एउटा तपश्या रहेको भन्दै उक्त तपश्य सकेर अब –‘सिक्किमे जनतालाई तानाशाही चङ्गुलबाट मुक्ति दिने लडाईँमा छु’ भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad