भागोप कार्यकारी अध्यक्ष मुनिष तामाङले भेटे आसामका लोकसभा सांसद गौरव गोगोईलाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 9, 2018

भागोप कार्यकारी अध्यक्ष मुनिष तामाङले भेटे आसामका लोकसभा सांसद गौरव गोगोईलाई


गफसफ.com, दिल्ली 9 अगस्त।
भारतीय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारी अध्यक्ष एवम् नेसनल गोर्खाल्याण्ड कमिटिमा सचिव डा. मुनिष तामाङले असमका लोकसभा सांसद गौरव गोगोईलाई दिल्ली स्थित उनको कार्यालयमा भेट गरेका छन्। तामाङले असम राज्यमा अहिले घरी एनआरसीको कारण त्यहाँ बसोबास गर्ने खाँटी भारतीय नागरिकहरूलाई कुनै प्रकारको सङ्कट सिर्जना हुन नहुने भन्दै असमका लोकसभा सांसदलाई भनेका छन्।

विशेष गरेर असमा पुर्खौँ देखि वसोबास गर्दै आइरहेका गोर्खाहरूलाई एनआरसीको कारण उच्छेद बन्न पर्ने समस्या सिर्जना नहोस् भन्दै लोकसभा सांसद गौरव गोगोईलाई यसबारे आवाज उठाइदिने अपिल पनि गरेका छन्। यसका साथै तामाङले उक्त भेटघाटको क्रममा सांसद गोगोईलाई एनआरसीमा आफ्नो नाउँ अन्तर्भुक्तिको निम्ति आगमी प्रक्रिया अनुसार हुने दाबी अनि आपत्ति प्रक्रियामा सम्बन्धित सरकारबाट प्राप्त हुने ग्रेजिङ्ग परमिट, पशुपालन टैक्स, खेतिपाती गर्ने अनुज्ञापत्र, वन राजश्व शुल्क आदि प्रमाणपत्रहरु पनि प्रस्तुत गर्न सकिने प्रमाण पत्रहरुको सुचिमा सामेल गर्नलाई विशेष पहल गरिने अपिल पनि गरेका छन्।
‘खाँटी भारतीय गोर्खाको नाम एनआरसी-मा छुट्टिनु हुदैन’ भन्ने भारतीय गोर्खा परिसंघको अडानलाई सांसद गौरव गोगोईले सहमति जनाएका छन् भने उनले उक्त विषयमा आफ्नो पक्षबाट उचित पहल गर्ने आश्वासन समेत दिएका छन्। उक्त भेटघाटको क्रममा डा. मुनिष तामाङले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई समर्थनको अपिल पनि गरेका थिए भने उनले गोर्खाहरूको दिर्घकालिन मागलाई आफ्नो समर्थन रहेको आश्वासन दिएका छन्। यसक्रममा उनले एनजीसीद्वारा प्रकाशित गरिएको गोर्खाल्याण्ड सम्बन्धिका पुस्तिका ‘भिजन डक्युमेन्ट’ पनि प्रदान गरेका छन्।
यता सांसद गोगोईले डा. तामाङको कुरालाई गम्भीरतासँग लिँदै यसबारे उचित पहल गर्ने आश्वासन दिएका छन्। यसबारे भागोप कार्बिआङलाङ समितिका सचिव लाकपा लामाले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad