चिया कमानमा अब नन् वर्करहरूलाई सामाजिक सुरक्षा योजना अन्तर्गत जोडिने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 1, 2018

चिया कमानमा अब नन् वर्करहरूलाई सामाजिक सुरक्षा योजना अन्तर्गत जोडिने

गफसफ.com, नगरकट्टा 1 अगस्त।
जलपाईगडी जिल्लाका चिया बगानहरूमा नन् वर्कर श्रमिकवर्गलाई श्रम विभागको सामाजिक सुरक्षा योजना अन्तर्गत समावेश गरिने भएको छ। पहिलो चरणमा नगरकट्टा खण्ड स्थित बन्द केरन चिया कमानमा यो प्रकल्प सुरु हुने भएको छ। यसका निम्ति श्रम विभाग अनि टि एसोसिएसन अफ् इन्डियाको पक्षबाट आगमी 4 अगस्तका दिन एउटा शिविरको आयोजना गरिने भएको छ।

चिया कमानमा कार्य गर्ने श्रमिकवर्गले चियाकमान मालिक पक्षबाट विभिन्न सुविधा प्राप्त गरे पनि नन् वर्कर परिवार सम्पूर्ण सुविधाहरूबाट बञ्चित हुन परिरहेका छन्। जब कि चिया कमानमा नन् वर्कर मानिसहरूको सङ्ख्या नै धेर रहने गरेको छ। केवल जलपाईगडी जिल्लामा श्रमिकवर्गको संख्या १ लाख २० हजार छ। जहाँ नन् वर्करका रूपमा ३ लाख भन्दा धेर रहेका छन्। अब सम्पूर्ण मानिसहरूलाई सामाजिक सुरक्षा योजना अन्तर्गत समावेश गर्ने निर्णय गरिएको छ।
श्रम विभागबाट प्राप्त जानकारी अनुसार मोठ ६१ प्रकारका विविध जीविकासँग जडित परिवारवर्गले यस सुविधा उपभोग गर्न सक्नेछन्। जसको उमेर १८ देखि ६० वर्षसम्म पुगेका हुन सक्नेछन्। उक्त सामाजिक सुरक्षा योजना अन्तर्गत लाभार्थीवर्गले मासिक २५ रूपियाँ दिन दिने पर्नेछ भने सरकारले ३० रूपियाँ थपेर राख्ने गर्दछन्। जुन पैसा आफ्नो ६० वर्ष पछि ब्याजको साथमा लाभार्थीले प्राप्त गर्न सक्ने सुविधा रहेको छ। यसका साथै उच्च शिक्षाका निम्ति पनि विभागले आर्थिक अनुदान सहयोग गर्ने सुविधा उपलब्ध रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad