फरेस्ट भिलेजलाई रेभेन्यु भिलेजमा कन्भर्जन गर्न अघि सेटलमेन्ट हुन आवश्यक – जिल्लापाल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 1, 2018

फरेस्ट भिलेजलाई रेभेन्यु भिलेजमा कन्भर्जन गर्न अघि सेटलमेन्ट हुन आवश्यक – जिल्लापाल

गफसफ.com, कालेबुङ 1 अगस्त।
बनवासीहरूलाई पर्जा पट्टा प्रदान गर्नका निम्ति प्रशासनिक कार्य चलिरहेको छ। यसैक्रममा फरेस्ट राइट एक्ट कालेबुङ जिल्ला समितिको वैठक सम्पन्न भयो। वैठकमा कालेबुङ जिल्ला अधिनस्थ रहेका बनवासीहरूलाई पट्टा प्रदान गर्नका निम्ति प्रशासनिक कार्य प्रगतिबारे चर्चा परिचर्चा गरिएको थियो।

वैठकपछि कालेबुङ जिल्लापाल डा. विश्वनाथले पत्रकारहरूलाई सम्बोधन गर्दै प्रशासनिक पक्षबाट 80 प्रतिशत कार्य समाप्त भएको अनि ग्राम सभाको स्वीकृती पाउन साथ बनबासीका मानिसहरूलाई टाइटल सर्टिफिकेट प्रदान गरिने बताएका छन्। उनले 8 नोभेम्बर 2013 को भारत सरकारको जनजाति मन्त्रालयद्वारा जारी अध्यादेश अनुसार फरेस्ट भिलेजलाई रेभेन्यु भिलेजमा परिवर्तन गर्नका निम्ति टाइटल सर्टिफिकेट एउटा आवश्यक दस्तावेज रहेको पनि स्पष्ट पारेका छन्।
‘फरेस्ट भिलेजलाई रेभेन्यु भिलेजमा कन्भर्जन गर्न अघि सेटलमेन्ट हुन आवश्यक छ। सेटलमेन्ट नभएसम्म रेभेन्यु भिलेजमा कन्भर्जन गर्न सकिन्दैन। यदि सेटलमेन्ट अघि कन्भर्जन गरिए त्यो भिलेज फरेस्टकै नाउँमा पञ्जिकृत हुनेछ’ डा, विश्वनाथले भने। सोहीकारण नै बनबासीलाई पहिला टाइटल सर्टिफिकेट दिएर सेटलमेन्ट गर्ने अनि त्यहीँ सेटलमेन्टको आधारमा रेभेन्यु भिलेजमा कन्भर्जन गर्ने स्पष्ट पारेका छन्।
उनले फरेस्ट राइट एक्ट अन्तर्ग्त फरेस्ट विभाग, पञ्चायत विभाग, भूमी एवम् भूमीसुधार विभाग जनजाति विभाग रहेको बताउँदै चारैवटा विभागका अधिकारीवर्गद्वारा हस्ताक्षरित टाइटल सर्टिफिकेट पट्टा बराबरको हुने पनि बताएका छन्। टाइटल सर्टिफिकेट प्राप्त भएपछि रेभेन्यु भिलेजमा कन्भर्जन गर्नका निम्ति राज्यसरकारद्वारा अधिसूचना जारी भएपछि स्थलगत भ्रमण गरेर जमिनको सम्पूर्ण मापन गरी त्यसको पट्टा प्रदान गर्ने अन्तिम प्रक्रिया हुने पनि जिल्लापाल डा. विश्वनाथले बताएका छन्। उक्त विषयलाई लिएर नै कतिपय मानिसहरूले बनबासीमाझ भ्रम सिर्जना गरेको भन्दै यदि अधिक जानकारी चाहिएको खण्डमा आफुहरू हरेक प्रकारका जानकारी दिन तयार रहेको पनि जिल्लापाल डा. विश्वनाथले बताएका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad