लाल किल्लाबाट प्रधानमन्त्रीले गोर्खाल्याण्डको घोषणा गर्नुपर्छ – क्रामाकपा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, August 14, 2018

लाल किल्लाबाट प्रधानमन्त्रीले गोर्खाल्याण्डको घोषणा गर्नुपर्छ – क्रामाकपा

गफसफ.com, कालेबुङ, 14 अगस्त।
क्रान्तिकारी मार्क्सवादी कम्यूनिष्ट पार्टी (क्रामाकपा)-ले भोलो स्वातन्त्रता दिवसको अवसरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट छुट्टै राज्य गोर्खाल्याण्ड गठनको घोषणा गर्नुपर्ने माग गरेको छ। क्रामाकापे उक्त माग गर्दै प्रधानमन्त्री मोदीलाई ईमेल मार्फत् पत्रचार समेत गरेको छ।
Mohan Paudyal, Gen Sect, CPRM Kalimpong Brnach

स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट गोर्खाल्याण्ड राज्य गठनको घोषणा होस् भन्ने माग गर्दै क्रामाकपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको मोहन पौड्याल अनि सुधन प्रधानले जानकारी दिएका छन्। उनीहरूले एक पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएका हुन्। विगतमा प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरूलाई दिएको आश्वासन याद दिलाउँदै उक्त पत्र क्रामाकपाले पठाएको पनि उनीहरूले स्पष्ट पारेका छन्।
‘प्रधानमन्त्री नरेन्द्र मोदीले “गोर्खाको सपना मेरो सपना” भनिसकेका छन्। गोर्खाहरूको सपना भनेको केवल छुट्टै राज्य गोर्खाल्याण्ड मात्र हो। यसकारण प्रधानमन्त्रीले गोर्खाहरूको सपना गोर्खाल्याण्ड राज्य गठनको घोषणा स्वतन्त्रता दिवसको दिन लाल किल्ला-बाट घोषणा गर्नुपर्नेछ’ – क्रामाकपा कालेबुङ आञ्चलिक कमिटिका सचिव मोहन पौड्याले भने। उनले सोही कुरा पत्रमा लेखेर ई-मेल मार्फत् प्रधानमन्त्री कार्यालयमा पठाएको पनि जानकारी दिएका छन्।
अरोतर्फ क्रामकापा कार्यकारी सदस्य सुधन प्रधानले पनि पत्रकारहरूलाई सम्बोधन गर्दै पराधिन भारत अनि स्वाधिन भारतमा गोर्खाहरूले दिएको योगदानको मूल्याङ्कन गर्दै छुट्टै राज्य गोर्खाल्याण्ड गठनको घोषणा लाल किल्ला-बाट गर्नुपर्ने माग गरेका छन्।

उनले उक्त लाल किल्लाबाट पूर्व प्रधानमन्त्री देवेगौडाले तीनवटा राज्य गठनको घोषणा गरेको भन्दै यसपल्ट प्रधानमन्त्री मोदीले गोर्खाल्याण्ड राज्य गठनको घोषणा गर्नुपर्ने पत्रमा उल्लेख गरेको पनि पत्रकारहरूलाई जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad