खर्साङमा पालन गरियो कन्याश्री दिवस; शान्ता छेत्रीले भनिन्-मुख्यमन्त्रीले पहाडलाई माया गरेकी छन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, August 14, 2018

खर्साङमा पालन गरियो कन्याश्री दिवस; शान्ता छेत्रीले भनिन्-मुख्यमन्त्रीले पहाडलाई माया गरेकी छन्’

गफसफ com, खर्साङ, 14 अगस्त।
खरसाङमा मंगलबार खरसाङ खण्ड विकास कार्यालयको आयोजनामा कन्याश्री दिवस पालन गरिएको छ। यस अवसरमा मुख्य अतिथिका रूपमा राज्यसभा सांसद शान्ता छेत्री उपस्थित बनेकी थिइन् भने विशिष्ट अतिथिका रूपमा जीटीए बोर्ड उपाध्यक्ष अनित थापा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राज्यसभा सांसद शान्ता छेत्रीले मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडलाई माया गरेकोले नै आफुलाई सांसद बनाएकी दाबी गरिन्। ‘मुख्यमन्त्रीले पहाडलाई माया गरेर नै पहाडको प्रतिनिधित्व गर्न भनी मलाई राज्य सभा सांसद बनाएकी हुन्। यो उनको पहाडप्रतिको मायाले गर्दा पहाडको 50 वर्षको राजनैतिक इतिहासमा यो उल्लेखनीय कार्य भएको छ’ उनले भनिन्।  
उनले कन्याश्री दिवसको अवसरमा खरसाङ आएर खरसाङवासी सित भेट्दा खुशी लागेको बताउँदै राज्य सभा सांसद बनेपछि दिल्लीमा नै व्यस्त रहेको पनि बताइन्। यसक्रममा उनले अहिलेघरी आफु राजनीति भन्दा धेर सामाजिक कार्यहरूमा व्यस्त रहेको पनि दाबी गरिन्। उनले  कन्याश्री योजना सम्बन्धिमा बोल्दै मुख्यमन्त्रीले शोषित र वञ्चित कन्याहरूले उच्च शिक्षा पाओस् भनि कन्याश्री प्रकल्प शुरू गरेकी बताउँदै यस मार्फत कन्याहरूले स्नातकोत्तर सम्मको पढ़ाई गर्नसक्ने बताइन्।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित जीटीए बिओए उपाध्यक्ष अनित थापाले कन्याश्री प्रकल्पका लागि राज्य सरकारप्रति आभार प्रकट गरे। उनले यस प्रकल्पमार्फत प्रत्येक कन्याले लाभ उठाउनु पाइरहेको भन्दै लाभ उठाउन नसकेका कन्याहरूका निम्ति सबै शिक्षक शिक्षिकाहरू मिलेर अघि बडेर कार्य गर्नुपर्ने आह्वान गरेका छन्।
कार्यक्रममा अर्का विशिष्ट अतिथिको रूपमा उपस्थित समाजसेवक टीटी लामाले पनि सम्बोधन गरेका थिए भने स्वागत सम्भाषण खरसाङको खण्ड विकास अधिकारी निलञ्जन मण्डलले राखेका थिए।
उक्त कार्यक्रमको अवसरमा खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायत अधिनस्थ रहेका विभिन्न विद्यालयका कन्या विद्यार्थीहरूले मोटर स्ट्याण्टबाट र्‍याली निकालेका थिए। उक्त र्‍यालीले शहर परिक्रमा गरी यहाँको नयाँ बजारस्थित सार्वजनिक भवनमा पुगेर कार्यक्रममा परिणत भएको थियो।
कार्यक्रममा तीनधारेपंखाबारीमहानदीदिलारामसुकना क्षेत्रका विद्यालयहरूका कन्या विद्यार्थीहरूद्वारा नृत्यगीत र कविताहरू प्रस्तुत गरेका थिए। यसक्रममा सन्त जेभियर्स स्कूलका कन्याहरूद्वारा सानो उमेरमा विवाह गर्नुको परिणाम विषयमा गीति नाटक प्रस्तुत गरिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad