टिस्टा नदीबाट गिटी-बालुवा निकाल्न पाउनुपर्छ – तारा सुन्दास - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, August 14, 2018

टिस्टा नदीबाट गिटी-बालुवा निकाल्न पाउनुपर्छ – तारा सुन्दास


गफसफ.com, कालेबुङ 14 अगस्त।
टिस्टा नदीबाट गिटी बालुवा निकाल्न पाउनुपर्छ भन्दै माग गरिहेको माकपा नेता तारा सुन्दासले कोइरीमा काम गर्ने श्रमिकहरूको पेटमा लात मार्ने कार्य प्रशासनले गरिरहेको आरोप लगाएका छन्। कोइरीबाट गिटी बालुवा निकाल्नमा प्रशासनले रोक लगाएको कारण त्यहाँका मानिसहरूइको रोजि रोटीको समस्या सिर्जना भएको भन्दै देश स्वतन्त्र भएको 72 औँ वर्ष पुग्दा पनि कोइरी श्रमिकहरू भने स्वधीन बन्न नसकेको सुन्दासले आरोप लगाएका छन्।
Tara Sundas

उनले कोइरीबाट गिटी बालुवा निकालेको आरोपमा नै यसभन्दा अघि पनि पुलिसले चालकहरूलाई पक्राउ गरेर मुद्दा दर्ता गरेको भन्दै पुन: गत 7 गस्तका दिन तीनजना चालकहरूलाई पुलिसले पक्राउ गरेर मुद्दा दर्ता गरेको बताएका छन्। यसक्रममा उनले कोइरी मजदुरहरूको रोजि रोटीको समस्या जटिल बन्दै गइरहेको भन्दै प्रशासले टिस्टा नदीबाट गिटी बालुवा निकाल्न दिनुपर्ने माग गरेका छन्।
‘पश्चिम बङ्गाल राज्यको व्यापार एवम् वाणिज्य विभागको खनिज विभागबाट 16 जुलाई 2018को दिन एउटा आदेश जारी भएको छ। जुन आदेश अनुसार पहाडको नदीहरूबाट  ढुङ्गा, गिटी बालुवा निकाल्नु सक्छ भन्ने कुरा उल्लेख गरिएको छ’ तारा सुन्दासले भने। उनले विभागले पहाडको नदीबाट गिटी बालुवा निकाल्न सक्छ भन्ने कुरा स्पष्ट पारेपनि यता पुलिस प्रशासन र जिल्ला प्रशासनले भने गिटी बालुवा निकाल्नेहरूलाई पक्राउ गर्ने कार्य जारी राखेको आरोप लगाएका छन्।
उनले समतल क्षेत्रमा भने गिटी बालुवा निकाल्न पाइरहे पनि यता पहाडमाका मानिसहरूले गिटी बालुवा निकाल्न नपाएको उनले बताएका छन्। टिस्टा नदीबाट गिटी बालुवा निकालेको आरोपमा नै तीनजनालाई पक्राउ गरेर भारतीय दण्ड संहिताको धारा 329, 411, 414 (आईपीसी) अनि आर/421 माइन्स एण्ड मिनेरल्स एक्ट अनुसार मुद्दा दर्ता गरेको भन्दै अर्कोतर्फ माइन्स एण्ड मिनेरल्स विभागबाटै जुलाई महिनामा टिस्टा नदीबाट गिटी बालुवा निकाल्न सकिन्छ भन्ने आदेशको उल्लंघन गरेको आरोप लगाएका छन्। उनले यसै विषयमा कालेबुङ जिल्ला अधिनस्थ फरेस्ट डिएमलाई भेट गरेर कुराकानी गरेको पनि जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad