जम्मु-कश्मिर: आतङ्की हमलामा एकजना मेजर सहित मोठ चारजना सहिद - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, August 7, 2018

जम्मु-कश्मिर: आतङ्की हमलामा एकजना मेजर सहित मोठ चारजना सहिद

गफसफ.com, जम्मु-कश्मिर 7 अगस्त।
जम्मु-कश्मिरको गुरेज सेक्टरमा घुसपैठको कोसिस गरिरहेका आतङ्कवादीहरूसँग भएको भएको मुठभेडमा एकजना मेजर सहित चार जवान सहिद भएका छन्। सुरक्षा बलहरूलाई अधिक राती केही आतङ्कवादीहरूले नियन्त्रण रेखा पार गरेर जम्मु कश्मिरमा प्रवेश गर्न लागिरहेको खबर प्राप्त भएको थियो। खबर पाउन साथै सेनाले क्षेत्रमा गस्ति लगाउँदा आतङ्कवादीहरूसँग मुठभेड भएको हो।
FILE PHOTO
सेनामाथी गोलि बर्साउन थालेपछि सेनाले पनि जवाबी कार्वाही गरेको हो। सेनाका अधिकारीले घट्नाको पुष्टि गरेका छन्। उनले उत्तर कश्मिरको गुरेज क्षेत्रमा घुसपैठको कोसिस गरिरहेको आताङ्कवादीहरूको प्रयासलाई रोक्ने कार्यमा सेनाका एक मेजर अनि अन्य तीनजना सैनिक सहिद भएका छन्। 

धेरै लामो समयसम्म चलेको गोलिबारीमा सेनाका चारजना सहिद भएका हुन्। क्षेत्रमा अहिले पनि अपरेसन जारी रहेको छ। यसक्रममा उक्त क्षेत्रबाट दुईजना आतङ्वादीको पनि शवलाई सेनाले फेला पारेको छ भने अन्य आतङ्कवादीहरू लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ।
विशेष गरेर आगमी स्वतन्त्रता दिवसलाई केन्द्रमा राखेर सिमा पारीबाट आतङ्कवादीहरू घुसपैठ गर्न सक्ने सम्भावना रहेको छ। जसलाई मध्यनजर राखेर सिमा क्षेत्रमा सुरक्षा तैनाथ गर्नुपर्ने खुपिया एजेन्सिले सरकारलाई सतर्कता गराएको छ।

No comments:

Post a Comment

Post Bottom Ad