एनआरसी विवाद; ‘खाँटी नागरिकमाथी आँच आउनु हुँदैन’ – डा. हर्कबहादुर छेत्री - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 6, 2018

एनआरसी विवाद; ‘खाँटी नागरिकमाथी आँच आउनु हुँदैन’ – डा. हर्कबहादुर छेत्री

गफसफ.com, कालेबुङ 6 अगस्त।
जन आन्दोलन पार्टीले एनआरसी मुद्दामाथी आफ्नो मौनता तोडेको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले आज एनआरसी मुद्दाबारे बोल्दै खाँटी भारतीय नागरिकहरूलाई यसले कुनै नकारात्मक प्रभाव पार्न नहुने मा गरेका छन्। उनले सन् 1985 मा भएको सम्झौता अनुसार एनआरसी यतिका वर्षपछि लागु गरिन्दा अहिले ठूलो समस्याको रूपमा देखा परेको डा. छेत्रीले बताएका छन्।
Dr. Harka Bahadur Chhetri, President JAP
‘जापले जो सही हो अनि जुन चाहीँ देशको हितमा छ त्यसलाई समर्थन गर्छ। तर, नागारिक सुरक्षा ऐनको उल्लंघन भएर खाँटी नागरिकमाथी आँच आउँछ भने त्यसको हामी विरोध गर्छौँ’ जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भने। उनले आसाममा अनुप्रवेशकारीको समस्या जटिल भएको भन्दै यो समस्या समाधान गर्नका निम्ति त्यहाँ वसोवास गर्ने खाँटी नागरिकलाई कुनै नकारात्मक प्रभाव पर्न नहुने स्पष्ट पारेका छन्।
उनले आसाममा भारतका पूर्व राष्ट्रपतिको सन्तानका मानिसहरूको नाउँ एनआरसीमा आएन भन्ने चर्च चलिरहेको भन्दै उक्त मुद्दा पूर्णरूपले बनिबनाउँ रहेको पनि बनाएका छन्। ‘जम्मै आसमका 40 लाख बक्रिददिन अलि अहमदका सन्तानहरू होइनन्। त्यसभित्र धेरै अनुप्रवेशकारीहरू छन् अनि तिनीहरूलाई निकालिनु पर्ने हो अनि  जो त्यहाँका खाँटी नागरिक छन् उनीहरूको नागरिक सुरक्षा सरकारले एकदमै ध्यान दिनुपर्छ’ डा. हर्कबहादुर छेत्रीले भने।
डा. छेत्रीले विशेष कुराकानी गर्दै 12 लाख बङ्गलादेशीहरू पासपोर्टसँगै वैद्यरूपले भारतमा प्रवेश गरेको कुरा बीएसएफ कमाण्डेन्टले 2008 मा बताएको स्मरण गराउँदै उक्त बङ्गलादेशीहरू पुन: फर्केर बङ्गलादेश नगएको पनि उनले त्यसैबेला बताएको छेत्रीले जानकारी दिएका छन्।
‘भोलिको दिनमा यसलाई बङ्गालमा लागु गर्छ भने बङ्गालमा हाम्रो इतिहास उनीहरूको भन्दा पुरानो छ अनि भारतकै भन्दा पनि पुरानो छ। यस्तो जातिलाई यदि राजनैतिक षडयन्त्रको कारण गैर नागरिक घोषणा गर्छन् भने जो सत्तामा बसेका छन् उनीहरूमाथि नै जिम्मेवार जान्छ। यसकारण सत्तामा भएकाहरूले पूर्णरूपले जिम्मेवारी लिएर काम गर्नुपर्छ’ डा. हर्कबहादुर छेत्रीले भने।

No comments:

Post a Comment

Post Bottom Ad