कालेबुङ आइपुगे केन्द्रिय राज्यमन्त्री राजीव प्रताप रूढी; उनले घोषणा गरेको गोर्खाल्याण्ड राज्यमा सलामी थाप्न पाएनन् - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 26, 2018

कालेबुङ आइपुगे केन्द्रिय राज्यमन्त्री राजीव प्रताप रूढी; उनले घोषणा गरेको गोर्खाल्याण्ड राज्यमा सलामी थाप्न पाएनन्

गफसफ.com, कालेबुङ 26 अगस्त।
केन्द्रिय राज्य मन्त्री राजीव प्रताप रूढीको गोर्खाल्याण्ड राज्यमा सलामी ग्रहण गर्ने ईच्छा 9 वर्षपछि पनि पुरा हुन सकेन। उनले 15 अगस्त 2009 का दिन कालेबुङको मेल ग्राउण्डमा स्वतन्त्रता दिवस समारोहको परेडमा सलामी ग्रहण गर्दै आगामी वर्ष गोर्खाल्याण्ड राज्यमा स्वतन्त्रता दिवसको सलामी ग्रहण गर्नेछौँ भनि घोषणा गरेका थिए। आज उनै राजीव प्रताप रूढी कालेबुङ आइपुगेका छन्। कालेबुङ आइपुगेका केन्द्रिय राज्यमन्त्री राजीव प्रताप रूढीले गोर्खाल्याण्ड राज्यका पुलिस कर्मीको गार्ड अफ् अनर थाप्न समेत पाएनन्। उनले घोषणा गरेको गोर्खाल्याण्ड राज्य अहिलेसम्म गठन नभएको कारण 9 वर्षपछि कालेबुङ आइपुगेका रूढीले बङ्गाल पुलिसद्वारा नै दिइएको गार्ड अफ् अनर ग्रहण गर्न परेको हो।
राजीव प्रताप रूढी -  फाइल फोटो 
केन्द्रिय राज्यमन्त्री (स्वतन्त्र प्रभार) राजीव प्रताप रूढी आज साँझ कालेबुङ आइपुगेका हुन्। ‘जल संसाधन’ संसदीय समितिका अध्यक्ष समेत रहेका राजीव प्रताप रूढी संसदीय समितिको वैठमा भाग लिन कालेबुङ आइपुगेका हुन्। उनीसँगै वैठकमा भाग लिनका निम्ति संसदीय समितिका 20 जना लोकसभा सांसद अनि 8 जना राज्यसभा सांसदहरू पनि कालेबुङ आइपुगेका छन्।
राजीव प्रताप रूढी गार्ड अफ् अनर लिँदै आज कालेबुङमा 
‘जल संसाधन’ संसदीय समितिका अध्यक्ष राजीव प्रताप रूडीले दुई दिन कालेबुङमा उक्त संसदीय समितिको वैठक गर्ने भएक छन्। सर्वप्रथम रूडीले भोलि बिहान 9 बजेदेखि जल संसाधन मन्त्रालय, नदी विकास एवम् गङ्गा जिर्णोद्धार लगायत सम्बन्धित मन्त्रालयका अधिकारीवर्गसँग वैठक गर्ने भएका छन्। उक्त वैठकको समापन पछि पुन: दोस्रो चरणको वैठक 10:30 बजेदेखि हुने भएको छ। उक्त वैठकमा जल संसाधन मन्त्रालय, नदी विकास एवम् गङ्गा जिर्णोद्धार लगायत बिहार राज्यका अधिकारीवर्ग समेत हुने भएको थाह लागेको छ।
दोस्रो दिनको वैठक आगमी 28 अगस्तका दिन हुने भएको छ भने उक्त वैठकमा जल संसाधन मन्त्रालय, नदी विकास एवम् गङ्गा जिर्णोद्धार लगायत आसाम राज्यका प्रतिनिधिवर्ग सहभागी बन्ने भएको थाह लागेको छ। दुईदिवसीय संसदीय समितिको वैठक पछि उनी कालेबुङबाट फर्कने सम्भावना रहेको छ भने यसको आधिकारिक पुष्टि भने गरिएको छैन।
स्मरण रहोस्, गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको क्रममा भाजपाले सन् 2009 मा दार्जीलिङ लोकसभा सिटबाट जसवन्त सिंहालाई चुनावी मैदानमा उतारेका थिए। हेबिवेट भनि प्रचार गरिएको जसवन्त सिंहकै प्रचारको क्रममा राजीव प्रताप रूढीले त्यसबेला कालेबुङको गौरवशाली स्वतन्त्रता दिवस समारोहमा सलामी ग्रहण गर्ने सौभाग्य पाएका थिए। कालेबुङको स्वतन्त्रता दिवस समारोह देखेर आनन्दित बनेका रूढीले सोहि दिन आगमी वर्ष गोर्खाल्याण्ड राज्यमा स्वतन्त्रता दिवसको सलामी ग्रहण गर्ने घोषणा गरे पनि आज उनी 9 वर्षपछि कालेबुङ भित्रिन्दा छुट्टै राज्य नभएको कारण  गोर्खाल्याण्ड राज्यका पुलिसकर्मीद्वारा गार्ड अफ् अनर समेत थाप्न पाएनन्।


1 comment:

Post Bottom Ad