केन्द्रिय राज्यमन्त्री राजीव प्रताप रूढीले गोर्खाल्याण्डबारे फेरे भाका; भने –‘राज्यले तय गरे केन्द्रले निर्णय लिनेछ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 27, 2018

केन्द्रिय राज्यमन्त्री राजीव प्रताप रूढीले गोर्खाल्याण्डबारे फेरे भाका; भने –‘राज्यले तय गरे केन्द्रले निर्णय लिनेछ’

गफसफ.com, कालेबुङ 27 अगस्त।
गोर्खाल्याण्ड राज्यमा स्वतन्त्र दिवसको सलामी ग्रहण गर्नेछौँ भनि घोषणा गर्ने केन्द्रिय राज्य मन्त्री राजीव प्रताप रूढीले एक दशकपछि आफ्नो भाका फेरेका छन्। उनले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निर्णय केन्द्र सरकारले लिन अघि राज्य सरकारले पनि आफ्नो निर्णय लिनुपर्ने बयान दिएका छन्। यसक्रममा उनले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाबारे केन्द्र सरकार पूर्णरूपले अवगत रहेको पनि दाबी गरेका छन्।

‘केन्द्रको सरकार यस मागसँग पूर्णरूपले अवगत छन् अनि यो उपयुक्त समय कहिले आउनेछन् अनि राज्य सरकारले कहिले तय गर्नेछन् त्यसबेला यसबारे पक्कै निर्णय हुनेछ’ – उक्त कुरा जल संसाधन संसदीय समितिकाको समिक्षा वैठकमा सहभागी बन्न आइपुगेका राजीव प्रताप रूढीले भनेका हुन। वैठकपछि पत्रकारहरूले गोर्खाल्याण्ड सम्बन्धि सोधेको प्रश्नको उतर दिने क्रममा उनले उक्त मुद्दाबारे आम सहमती हुनपर्ने पनि बताएका छन्। ‘हामी जस्ता मान्छेहरू यस विषयको चर्चाको साथमा छौँ अनि भविष्यमा पनि साथ रहनेछौँ। मलाई यस्तो लग्छ कि यो विषयमा आम सहमती बनाएर निर्णय हुनपर्नेछ’ केन्द्रिय राज्यमन्त्री राजीव प्रताप रूढीले भने।
जल संसाधनसंसदीय समितिकाको समिक्षा वैठक गर्न आएका रूढीले पत्रकारहरूले गोर्खाल्याण्डबारे सोधेको प्रश्नको जवाब दिनेक्रममा सांसद एस.एस आहलुवालीयाको गुणगान भने गाउन पछि परेनन्। ‘हाम्रो पार्टीको अहिले यस क्षेत्रबाट एस.एस आहलुवालीया जनप्रतिनिधि हुन्। उनले दार्जीलिङका जनताको पक्षबाट गोर्खाल्याण्ड मुद्दालाई निरन्तर उठान गर्दै आइरहेका छन्’ - राजीव प्रताप रूढीले सांसद आहलुवालीयाको गुणगाण गर्दै अझ भने – ‘उनले यहाँको मुद्दालाई गम्भीरतापूर्वक केन्द्र सरकार अनि संसदमा उठएको पनि देखेको छु। मलाई लाग्छ उनको सहयोग धेरै रहेको छ।’



भिडियो हेर्न यहाँ थिच्नुहोस्


1 comment:

  1. Why the issue is not put up during the time when iron is hot,some many our brothers became a shahid for the Gorkhaland our MP keep quiet when the issue,,,we doubt now when MP election is near we are fade up such kind of voiceless leader when we really need it.

    ReplyDelete

Post Bottom Ad