कालेबुङ कलाकार सङ्गठनद्वारा गोपाल योञ्जनको सालिग निर्माण गरिने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 26, 2018

कालेबुङ कलाकार सङ्गठनद्वारा गोपाल योञ्जनको सालिग निर्माण गरिने

गफसफ.com, कालेबुङ, 26 अगस्त।
वरिष्ठ सङ्गितकार एवम् गायक गोपाल योञ्जनको सालिग निर्माण गरिने भएको छ। कालेबुङ कलाकार सङ्गठनले योञ्जनको सालिग निर्माण गर्ने घोषणा गरेको छ। आज उनको 76 औँ जन्म जयन्ती समारोहमा सङ्गठनका सचिव नरेन्द्र तामाङले गोपाल योञ्जनको सालिग कालेबुङमा चाँडै निर्माण गरिने घोषणा गरेका हुन्।

कालेबुङ कलाकार सङ्गठनको आयोजनामा आज टाउन हलमा गोपाल योञ्जनको 76 औँ जन्म जयन्ती भव्यतासाथ पालन गरिएको थियो। सङ्गठनका अध्यक्ष शशी सुनामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथिका रूपमा पश्चिम बङ्गाल तामाङ विकास एवम् सांस्कृतिक बोर्ड अध्यक्ष सञ्जय मोक्तान उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नाट्यभुषण सी. के. श्रेष्ठ अनि  मणि ट्रस्ट संस्थापक अध्यक्ष सुवासमणि सिहं उपस्थित थिए भने प्राचार्य आर. पी. ढकाल, गायिका डेजी बराईली, सङ्गितकार बसन्त छेत्री, हेमानन्द खाती, गायक शङ्कर गुरुङ आदिको पनि उपस्थिति रहेको थियो।
स्वर्गीय गोपाल योञ्जनको तस्वीर अघी दिप प्रज्व्वलन गरी शुरु गरिएको कार्यक्रममा सङ्गठनका मूलसचिव नरेन्द्र कुमार तामाङले स्वागत सम्बोधन राखेका थिए। यसै अवसरमा उनले गोपाल योञ्जनको सालिग कालेबुङमा निर्माण गर्ने घोषणा गरेका हुन्। यस अवसरमा कार्यक्रममा वृत्तचित्र मार्फत गोपाल योञ्जनको जीवनीबारे उपस्थित मानिसहरूलाई देखाइएको थियो।
दुईवटा सत्रमा विभाजित कार्यक्रमको पहिलो सत्रमा गोपाल गुञ्जन कार्यक्रम प्रस्तुत गरिएको थियो जसमा कलाकारहरूद्वारा गोपाल योञ्जन रचित गित-सङ्गित प्रस्तुत गरिएको थियो। यस अवसरमा हास्य कलाकार महेन्द्र बागदासले पनि आफ्नो प्रस्तुति दिएका थिए।
यसै अवसरमा नेपालका प्रधानमन्त्रीको बाहुलीबाट छिन्नलता पुरस्कार प्रापकद्वय सङ्गितकार बसन्त छेत्री अनि गायीका शान्ति ठटाल लगायत दार्जीलिङ पुलिसद्वारा आयोजित राईजिङ स्टारका गायन विजेता दिपेश राईलाई सम्वर्द्धना जनाइएको थियो। कार्यक्रमको दोस्रो सत्रमा भने कालेबुङका कलाकारहरूद्वारा गीत सङ्गित प्रस्तुत गरिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad