कञ्चनजङ्घा फुटबल क्लबलाई पराजित गरेर आर्मी रेड लखनउ फाइनलमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 13, 2018

कञ्चनजङ्घा फुटबल क्लबलाई पराजित गरेर आर्मी रेड लखनउ फाइनलमा

गफसफ.com, कालेबुङ 13 अगस्त। 
स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टको दोस्रो सेमिफाइनल खेलमा आर्मी रेड लखनउले कञ्चनजङ्घा फुटबल क्लब सिलगडीलाई 2-0 ले पराजित गरेर फाइनलमा प्रवेश गरेको छ। आगमी 15 अगस्तका दिन उनीहरूको भीडन्त रोयल फुटबल क्लब सिलगडी सँग हुने भएको छ।

कालेबुङ जिल्ला स्पोर्ट्स एसोसिएसनको आयोजनामा सम्पन्न भइरहेको स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टको दोस्रो सेमी फाइनल खेल पनि उत्तिकै रोमाञ्चक रहेकोप थियो। फुटबल प्रेमी दर्शकहरूको व्यापक उपस्थितिमा मेला ग्राउण्डमा सम्पन्न भएको उक्त खेल सुरु भएको दस मिनट बित्न नपाई आर्मी रेड लखनउले पहिलो गोल गरेको थियो। डिबक्स क्षेत्रदेखि केहि दुरीमा पाएको फ्री किकलाई आर्मी रेडका खेलाडीले सोझै कञ्चनजङ्घा फुटबल क्लबको गोलपोस्टमा छिराए पछि खेल अझै तातिएको थियो।
सुरुदेखि नै आक्रमक खेल खेल्ने आर्मी रेडका खेलाडीहरूले विपक्षी गोलपोस्टमा एकाधिक प्रहार गरेर व्यापक दबाउ बनाएको थियो। यसक्रममा कञ्चन जङ्घा फुटबल क्लबका खेलाडीहरूले पनि आक्रमन खेल नै खेलेका थिए। उनीहरूले पनि आर्मी रेडमाथि गोल गर्ने प्रयास गरेपनि खेलको पहिलो हाफमा भने कुनै गोल गर्न सकेन।
पहिलो हाफको खेलमा 1 गोलको अग्रता बनाउने आर्मी रेडले दोस्रो हाफको खेल सुरु हुनसाथै अर्को गोल गरेको थियो। दोस्रो हाफ सुरु भएको पाँच मिनट बित्न नपाई पुन: आर्मी रेडले कञ्चनजङ्घा विरुद्ध दोस्रो गोल गरेपछि भने उनीहरू खेलको अन्तिम समयसम्म फर्कन सकेनन्। जसको कारण निर्धारित समयको अन्तिम समयसम्म कञ्चनजङ्घाका खेलाडीहरूले गोल गर्न नसकेपछि आर्मी रेडले 2-0 ले जित दर्ता गरेर फाइनलमा प्रवेश गरेको छ।

No comments:

Post a Comment

Post Bottom Ad