पहाडमा गणतन्त्रको हत्या भयो भन्दै जापले गर्‍यो पोस्टरिङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 13, 2018

पहाडमा गणतन्त्रको हत्या भयो भन्दै जापले गर्‍यो पोस्टरिङ

गफसफ.com, कालेबुङ 13 अगस्त।
पहाडमा गणतन्त्रको हत्या हुँदै गइरहेको छ भन्दै जन आन्दोलन पार्टीले कालेबुङ शहरको विभिन्न ठाउँहरूमा पोस्टरिङ गरेको छ। दुई दिन अघि मात्रै जाप कार्यकर्ताहरूलाई पुलिसले पक्राउ गरेर विनाकारण मुद्दा दर्ता गरेको भन्दै यसलाई जापले गणतन्त्रको हत्या भनि बताएको छ। ‘पञ्जीकृत राजनैतिक दलका महासचिव अनि अन्य सदस्यहरूलाई झुटो आरोपमा नन्-बेलेबल धारा लगाएर पक्रौ गर्ने कार्य कदापी सहन गर्ने छैनौ’ भन्दै पोस्टरमा लेखिएको छ।

‘कानुनको रखवालले कानुनको दुरूप्रयोग गर्छन् भने यो देशको हालत के हुन्छ?’ जन आन्दोलन पार्टीले पोस्टर मार्फत् नै प्रश्न गरेको छ। यसक्रममा उनीहरूले ‘विनाकारण जापको कार्यकर्याहरूलाई पक्राउ गर्नु प्रजातन्त्रको हत्या हो’ समेत भनेको छ।
यता जन आन्दोलन पार्टीको चेली एकाईकी प्रमुख प्रतिभा कुमाईले पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खाल्याण्डको आवाज उठाउनेहरूलाई विनाकारण पक्राउ गरेर अचाहिँदो मुद्दाहरू दर्ता गरेको प्रतिवादमा पोस्टरिङ गरेको जानकारी दिएकी छन्।  ‘यहाँ गोर्खाल्याण्ड भन्न समेत नपाउने स्थिति सिर्जना गरिरहेको छ। यसैको प्रतिवादमा हामीले पोस्टरिङ गरेर प्रतिवाद जनाएका हौँ’ प्रतिभा कुमाईले भनिन्।

No comments:

Post a Comment

Post Bottom Ad