कालेबुङ नगरपालिकाद्वारा तीनमाइल क्षेत्रको मैला उठाइयो - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 12, 2018

कालेबुङ नगरपालिकाद्वारा तीनमाइल क्षेत्रको मैला उठाइयो


गफसफ.com, कालेबुङ, 12 अगस्त।
एकातिर स्वच्छ भारत अभियानको नारा चलिरहेको छ भने अर्कोतर्फ शहरका मानिसहरूले कालेबुङ शहर प्रवेश गर्ने तीन माइल क्षेत्रको सडक किनारामा मैला फ्याँक्ने कार्य गरिरहेका छन्। राष्ट्रिय राजमार्ग 10 अन्तर्गत चित्रेबाट उँभो कालेबुङ आउने मूल सडक तीन माइलको क्षेत्रमा बाम्बार मानिसहरूले मैलाको थुप्रो सडक किनारा फ्याँक्न थालेपछि उक्त क्षेत्र डम्पिङ ग्राउण्ड नै बन्दै गइरहेको थियो। जसलाई मध्यनजर राखेर कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधानको सक्रियतामा सम्पूर्ण मैलाहरू उठाउने कार्य गरिएको छ।
मैलाको थुप्रो रहेको दृक्ष्य 
सडक किनारामा मैलाको थुप्रो लागेपछि यात्रीहरूले दिनो दिन गुनासो गर्न थालेका थिए भने घाम लागेको समयमा उक्त क्षेत्रमा दुर्गन्ध समेत आउन थालेको थियो। यसका साथै पर्याटकहरूलाई कालेबुङ प्रवेश गर्ने मुख्य सडकमा नै मैलाको थुप्रो हेर्न पर्ने अवस्था बनिन्दै गइरहेको थियो। 
मैला उठाई सकेपछिको  दृक्ष्य 
यस्तो अवस्थामा आज कालेबुङ नगरपालिकाले सम्पूर्ण मैलाहरू उठाएर उक्त क्षेत्रमा सफाई कार्य गरेको छ भने उक्त क्षेत्रमा अब उसो कसैले पनि मैला नफ्याँकिदिने नगरपालिका अध्यक्ष रवी प्रधानले अपिल गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad