मगर विकास बोर्डद्वारा स्वतन्त्रता दिवसको अवसरमा वृक्ष रोपण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 12, 2018

मगर विकास बोर्डद्वारा स्वतन्त्रता दिवसको अवसरमा वृक्ष रोपण


गफसफ.com, कालेबुङ, 12 अगस्त।
पश्चिम बङ्गाल मगर विकास बोर्डले वृक्ष रोपण गरेको छ। स्वतन्त्र दिवसको अवसरमा मगर बोर्डले कालेबुङको डेलो नजिक हनुमान मन्दिर परिसरमा उक्त वृक्ष रोपण गरेको हो। प्रत्येक वर्ष स्वतन्त्र दिवसको अवसरमा वृक्ष रोपण गर्दै आइरहेको मगर विकास बोर्डले यसपल्ट पनि वृक्ष रोपण कार्यलाई जारी राखेको बोर्डका अध्यक्ष नवीन थापा मगरले जानकारी दिएका छन्।
वृक्ष रोपन गर्दै बोर्डका अध्यक्ष नवीन थापा मगर, साथमा अन्य 
पश्चिम बङ्गाल मगर विकास बोर्डका अध्यक्ष नवीन थापा मगरको विशेष उपस्थितिमा सम्पन्न गरिएको उक्त वृक्ष रोपण कार्यका विभिन्न प्रजातिका विरूवाहरू रोपण गरिएको छ। यस अवसरमा विभिन्न स्थानबाट नव मगर एसोसिएसनका 150 भन्दा अधिक सदस्यहरू उक्त वृक्ष रोपण कार्यमा सहभागी बनेका थिए।
‘हाम्रो वरिपरीका परिवेश स्वच्छ बनाउनका निम्ति वृक्ष रोपण आवश्यक रहेको छ। दिनोदिन बड्दै गइरहेको प्रदुषणलाई रोकथाम गर्न अनि स्वच्छ पर्यावरण निर्माणको निम्ति हामीले वृक्ष रोपण कार्य गरेका हौँ’ मगर बोर्डका अध्यक्ष नवीन थापा मगरले भने। उनले उक्त रोपिएका विरुवाहरूको संरक्षण र हेरचाह गर्नका निम्ति ‘संरक्षण समिति’ पनि गठन गरेको जानकारी दिएका छन्। ‘वृक्ष रोपण मात्र नगरेर रोपिएका विरूवाहरूको उचित संरक्षण पनि अवाश्यक छ। यसैकारण हामीले संरक्षण समिति पनि बनाएका छौँ’ नवीन थापा मगरले भने। उक्त समितिले भविष्यमा उक्त वृक्षहरूको हेरचार र संरक्षणको कार्य गर्ने पनि उनले जानकारी दिएका छन्।
उक्त वृक्ष रोपण कार्यक्रममा नव मगर एसोसिएसनका उपाध्यक्ष हेमन थापा मगर, कोषाध्यक्ष शरण मगर, बोर्डका कार्यकारी सदस्य तुषार मगर लगायत अन्य सदस्यवर्गको पनि विशेष सहभागीता रहेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad