जेल जान्छौँ तर श्रमिकहरूको अधिकार लिएर छाड्छौँ – अमर लामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 12, 2018

जेल जान्छौँ तर श्रमिकहरूको अधिकार लिएर छाड्छौँ – अमर लामा

गफसफ.com, कालेबुङ 13 अगस्त।
जोइन्ट फोरमको आयोजनामा सिडर्स चियाबारीमा गेट मिटिङको सम्पन्न भएको छ। उक्त गेट मिटिङमा फोरमका कन्भेनर जेबि तामाङ, अमर लामा, तिलेन राई, डी.के गुरुङ, धिरज राई, भुपेन छेत्री, सन्त राई लगायत अन्य श्रमिक सङ्गठनका नेताहरू उपस्थित रहेका थिए।
सिडर्स गेट मिटिङमा भाषण  सुन्दै महिला श्रमिक

सभालाई सम्बोधन गर्ने क्रममा भुपेन छेत्रीले सबै पार्टीका ट्रेड युनियन एक हुनु पर्छ भन्दै जोइन्ट फोरमलाई तोडने कोशिश चलिरहेको आरोप लगाएका छन्। ‘न्युनतम रोजदरको निम्ति जुन आदोलन हुदैछ त्यसलाई बिथोल्ने कोशिस  चलिरहेको छ। जोइन्ट फोरमको एकता देखेर उनिहरु हरेस खाएका छन्। हामी श्रमिकहरुको अधिकार प्राप्तिको निम्ति यो एकतालाई कायम राखेर लड्नुपर्छ’ भुपेन छेत्रीले भने।
यसैक्रममा जन आन्दोलन पार्टीका देश पारुख छेत्रीले पनि जोइन्ट फोरमको कार्यलाई बिथोल्ने प्रयास चलिरहेको आरोप लगाएका छन्। यता गोरामुमो श्रमिक सङगठनका डी.के गुरुङले पनि जोइन्ट फोरमका नेतृत्ववर्गलाई श्रमिकहरुले साथ दिने अपिल गर्दै फोरमले कुनै पनि हालतमा श्रमिकको अहितमा सम्झौता नगर्ने दाबी गरेका छन्।
यता जाप नेता एवम् फोरमका सचिव अमर लामाले दक्षीण भारतमा न्युनतम रोजदर ३५१ रूपियाँ रहेको बताउँदै त्यसको मूल कारण त्यहाँका ट्रेड युनियनका नेताहरुको एकता हो भन्दै यहाँ पनि एकता भए काम निश्चय हुने बताएका छन्। ‘हामी एकबद्ध बनेर आन्दोलन लडीरहनु पर्छ। जसको कारण श्रमिकहरूको अधिकारको निम्ति सफल हुनेछौँ’ अमर लामाले भने। यसक्रममा उनले फोरमका नेताहरूलाई मुद्दा लगाएको भन्दै मुद्दा लगाउँदैमा समस्या समाधान नहुने स्पष्ट पारेका छन्। ‘हामी जेल जानका निम्ति तयार छौँ तर, श्रमिकहरूको अधिकारको निम्ति सम्झौता गर्दैनौँ हामी श्रमिकहरूको अधिकार लिएर नै छाड्नेछौँ’ लामाले थप भने।

No comments:

Post a Comment

Post Bottom Ad