जाप कार्यकर्ताहरूलाई न्यायालयले दियो जमानी; डा. हर्कबहादुर छेत्रीले भने – ‘यो गोर्खाल्याण्डको आवाज दबाउने प्रयास हो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 12, 2018

जाप कार्यकर्ताहरूलाई न्यायालयले दियो जमानी; डा. हर्कबहादुर छेत्रीले भने – ‘यो गोर्खाल्याण्डको आवाज दबाउने प्रयास हो’


गफसफ.com, कालेबुङ 12 अगस्त।
दिल्लीमा छुट्टै राज्य गोर्खाल्याण्ड राज्य गठनको मागमा धर्ना प्रदर्शन गरेर कालेबुङ फर्किएका जन आन्दोलन पार्टीका कार्यकर्ताहरूलाई पुलिसले पक्राउ गरेर मुद्दा दर्ता गरेपछि  ‘यो गणतन्त्रको हत्या’ हो भनि जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले प्रतिक्रिया दिएका छन्। पहाडमा छुट्टै राज्य गोर्खाल्याण्डको मागमा आवज उठाउनेहरूलाई राज्य सरकारले दबाउने प्रयास गरिरहेको भन्दै उक्त मुद्दा दर्ता गर्नु यसैको ज्वलन्त उदाहरण हो भनि छेत्रीले बताएका छन्।
पक्रा परेर न्यायालयबाट छुटेका जाप कार्यकर्ताहरू 
‘हिज दिल्लीबाट फर्केका साथीहरूलाई हामीले स्वागत गरेका हौँ। उनीहरूलाई स्वागत गर्न जानेहरूलाई पुलिसले घातक हतियारहरू बोकेको आरोपहरू समेत लगाएका छन्। यो यहाँको पुलिसले गरेको हो कि कोलकोताको पुलिसले गरेको जसले घट्ना देख्दै देखेर र चार्ज लगाए जस्तो देखिन्छ। यो सरासर हाम्रो आवाज दबाउने प्रयास हो’ डा. हर्कबहादुर छेत्रीले भने। उनले स्वागत एवम् सम्वर्द्ध गर्ने मानिसहरूले यदि प्रदर्शन नै गरेको भए पनि उनीहरूले जरिमाना तिरेर छुट्ने कानुनी प्रक्रिया भएको बताउँदै तर, यता पुलिसले भने उनीहरूलाई भारतीय दण्ड संहिताको धारा 353 अन्तर्गत ननबेलेबल केस समेत गरेको जानकारी दिएका छन्।
डा. हर्कबहादुर छेत्री, अध्यक्ष जन आन्दोलन पार्टी 
‘यो सिधासिधी अलग राज्यको माग गर्नेहरूलाई दबाउनु भन्ने निर्देश रहेको स्पष्ट बुझिन्छ’ डा. हर्कबहादुर छेत्रीले अझ भने –‘मैले अघिबाटै गणतन्त्र छैन भनेको थिएँ जसको प्रमाणित यहीँ घट्नाले गरेको छ।’ जन आन्दोलन पार्टीले कहिले पनि अगणतान्त्रिक कार्य गर्ने नगरेको भन्दै अगणतान्त्रिक कार्यको आफुहरूले सँधै विरोध गर्दै आइरहेको पनि डा. छेत्रीले स्पष्ट पारेका छन्। ‘यस्तो घट्नाहरूले अलग राज्य गोर्खाल्याण्डको आवज दबाउन सक्दैन’ उनले अझ भने –‘यति हुँदा हुँदै पनि पहाडमा प्रजातन्त्र छ भन्छ भने त्यो सरकारको सरकारी प्रजातन्त्र हो।  जनताको आवाज त्यहाँ पुरापुरी दबाउने कार्य गरिएको छ। यस्तो कार्यको जापले विमल गुरुङ हुँदा पनि विरोध गरेको अनि आज विमल गुरुङ नहुँदा अनि सरकारी पक्षको मोर्चा र अरुहरू हुँदा पनि विरोध गरिरहेको छ।’ उनले उक्त विरोध प्रजातन्त्रको निम्ति गरेको भन्दै यदि विरोध गरेन भने जनताले कहिल्यै मुख खोल्न नपाउने पनि बताएका छन्। यसक्रममा उनले कानुनी प्रक्रिया सम्बन्धि पार्टीका अधिवक्ताहरूले कार्य गर्ने भन्दै उक्त कार्यमा कालेबुङ जिल्ला पुलिस अधिक्षकको अदृष्य हात रहेको आरोप पनि डा. छेत्रीले लगाएका छन्।
पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा उनले जाप टाउन कमिटिका आशिष राई, ढेण्डुप भोटिया, प्रवक्ता नरेश राई, युवा एकाईका सचिव भुपेन राई सँगै जाप महासचिव नयन प्रधानलाई पक्राउ गरिएको पनि जानकारी दिएका छन्।
उनले छुट्टै राज्य गोर्खाल्याण्ड भारतको संविधान अनुसार संसदबाट प्राप्त हुने भन्दै लोकसभामा नै गोर्खाल्याण्डको आवाज पुर्‍याउन जाप युवा कार्यकर्ताहरू दिल्ली पुगेर फर्कन्दा पुलिसले पक्राउ गर्नु सही नरहेको पनि डा. छेत्रीले बताएका छन्।
‘विकास गर्न चाहनेहरूले राज्यसरकारसँग मिलेर कार्य गरुन्। जहाँसम्म छुट्टै राज्यको कुरा छ यो चाहीँ  लोकसभाले निर्णय गर्ने भएको कारण अनि संवैधानिक माग भएको कारण संविधानसँग मागेको हो, देशसित मागेको र लोकसभासँग मागेको हो। हामी त्यहीँ काम गरिरहेका छौँ अनि त्यहीँ काम गरेर फर्कने क्रममा पुलिसले पक्राउ गरेको हो’ जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भने।
स्मरण रहोस्, जन आन्दोलन पार्टीका युवा कार्यकर्ताहरूले छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै गत 6 अगस्त देखि 9 अगस्तका दिनसम्म दिल्लीमा धर्ना प्रदर्शन गरेका थिए। उनीहरूले दिल्ली धर्ना प्रदर्शन गरेर हिज कालेबुङ आइपुगेका थिए भने उनीहरूलाई यहाँको थाना डाँडामा पार्टी कार्यकर्ताहरूले स्वागत गरेका थिए। स्वागत पछि उनीहरू गोर्खाल्याण्डकै नारबाजी गर्दै डम्बर चौक भएर 11 माइल स्थित पार्टी कार्यालयसम्म पुगेका थिए। सोही कारण पुलिसले पछिबाट पाँचजनालाई कालेबुङ थानामा सोधपुछको निम्ति ल्याएर राखेको थियो भने अबेर राती उनीहरू विरुद्ध विभिन्न मुद्दाहरू लगाएर पक्राउ गरिएको थियो। पक्रा परेकाहरू आज कालेबुङ न्यायालयमा पेश गरिएको थियो भने न्यायालयमा पेशी पनि उनीहरूलाई जमानतमा न्यायलयले रिहा गरिदिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad