विद्यालय सञ्चालन समितिको चुनावमा गोजमुमो प्रार्थीहरूले हराए सम्पूर्ण तृणमूल प्रार्थीहरूलाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 12, 2018

विद्यालय सञ्चालन समितिको चुनावमा गोजमुमो प्रार्थीहरूले हराए सम्पूर्ण तृणमूल प्रार्थीहरूलाई


गफसफ.com, बिजनबारी 12 अगस्त।
बिजनबारी विद्यासागर विद्यालय सञ्चालन समितिको चुनावमा गोर्खा जनमुक्ति मोर्चा प्रार्थीहरूले सय प्रतिशत जित हासिल गरेका छन्। तृणमूल कङ्ग्रेस पार्टीसँगको सोझो चुनावी टक्करमा मोर्चाले सय प्रतिशत जित हासिल गरेको हो। यस अवसरमा पुलिस प्रशासनको कडा सुरक्षा रहेको थियो।
गोजमुमोका विजयी प्रार्थीहरू 

गोजमुमो प्रार्थीहरूको विरुद्धमा तृणमूल कङ्ग्रेसका प्रार्थीहरू चुनावी मैदानमा ओर्लिएका थिए भने सबै तृणमूल प्रार्थीहरू पराजित भएका छन्। कुनै पनि चुनावमा गोजमुमो अनि तृणमूल कङ्ग्रेस प्रार्थीहरू माझ सोझै टक्कर भएको पनि यो नै पहिलो पनि हो। गोजमुमो पार्टीका प्रार्थीहरू क्रमैले आइतसिंह थामी, मिलन सुब्बा, रतन लिम्बु, शिशिर थापा, सुरेन लिम्बु, तिलक राई आदि रहेका छन्।
विद्यालय सञ्चालन समितिको चुनावमा मोठ 313 जना मतदाताहरू रहेका थिए भने 213 जनाले मतदान गरेका छन्। जसमध्ये 157 गोजमुमो पार्टीको पक्षमा गएको छ भने केवल 57 भोट मात्रै तृणमूल प्रार्थीहरूले पाएका छन्। चुनावलाई लिएर बिहानै देखि विद्यालय परिसरमा गोजमुमो अनि तृणमूल कार्यकर्ताहरू भीड जमेको थियो। चुनावलाई शान्तिपूर्ण गराउनका निम्ति पुलिस प्रशासनले विद्यालय परिसरमा कठोर सुरक्षा व्यवस्था गरेका थिए।
गोजमुमो प्रार्थीहरूले सम्पूर्ण आसनमा बिजयी हासिल गरेपछि मोर्चा कार्यकर्ताहरूले जोडदार नाराबाजी सँगै हर्षोल्लास मनाएका थिए। यसक्रममा उनीहरूले ‘गोजमुमो जिन्दावाद र विनय तामाङ जिन्दावाद’का नाराबाजी समेत लगाएका थिए। सञ्चालन समितिको चुनाव जितेपछि गोजमुमो दार्जीलिङ महकुमा समिति प्रवक्ता सन्दिप छेत्रीले बताए विद्यालयको शैक्षिक विकासमा कार्य गर्ने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad