स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्ट आरम्भ; हवलर्स् सिक्किमलाई पराजित गरेर तरूङ खेलकुद संघ बिजयी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 5, 2018

स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्ट आरम्भ; हवलर्स् सिक्किमलाई पराजित गरेर तरूङ खेलकुद संघ बिजयी

गफसफ.com, कालेबुङ 5 अगस्त।
कालेबुङ जिल्ला स्पोर्टस् एसोसिएसनको आयोजना अनि जीटीएको युवा एवम् खेलकुद विभागको सहयोगितामा 72 औँ स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्ट आजदेखि आरम्भ भएको छ। उक्त खेला आजदेखि यहाँको मेला ग्राउण्डमा सुरु भएको हो।

स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टको पहिलो खेलमा  तरूण खेलकुद संघ दार्जीलिङले हवलर्स सिक्किमलाई 2-1 ले पराजित गरेको छ। सम्पूर्ण हब्सी खेलाडीहरूको साथमा ओर्लिएको तरूण खेलकुद संघले खेलको सुरुआतमा नै हवलर्स सिक्किमबाट एक गोल खाएको थियो। सिक्किमका खेलाडी मिलन राईले पाएको फाउललाई कुनै गल्ति नगरी सोझै तरूण खेलकुद संघको गोलपोस्टमा छिराएपछि खेलमा 1-0 को अग्रता लिएको थियो।
एक गोलले पछि परेपछि तरूण खेलकुदका हब्सी खेलाडीहरूले पनि आक्रमक खेल खेलेका थिए। जसको परिणाम स्वरूप खेलको पहिलो हाफमा 11 नम्बर जर्सीधारी खेलाडी आरोणले गोल गरेर पहिलो हाफमा 1-1 को बराबरीमा पुराएका थिए। यस अवधी दुवै दलका खेलाडीहरूले गोल गर्ने एकाधिक मौकाहरू पाए पनि गोल गर्न भने सकेनन्।
पहिलो हाफको खेलमा 1-1 को बराबरीमा रहेको टोलिले दोस्रो हाफमा निक्कै आक्रमक रणनीतिको साथमा खेल खेलेका थिए। यसैक्रममा तरूण खेककुद संघ दार्जीलिङका हब्सी खेलाडी दानियोले टोलिको पक्षमा गोल गरेर 2-1 को अग्रता बनाउन सक्षम बनेको थियो। जुन गोलकै सहायताले तरूण खेलकुदले हवलर्स सिक्किमलाई पराजित गरेको हो।
यस अवधी दुवै दलका खेलाडीहरूले गुल्चे खेल्दै बिपक्षी खेलाडीहरूमा मैदानमा लडाउने कार्य गरेका थिए। यसक्रममा तरूण खेलकुद संघका खेलाडी जोनाथनलाई दुईचोटी पहेँलो कार्ड पाएपछि रेडकार्ड पाएर मैदान छोड्न परेको थियो भने हवलर्स सिक्किमका खेलाडी सरोज कार्कीले पनि गुल्चे खेल्दा रातो कार्ड पाएर मैदान छोड्न परेको थियो। जसको कारण पछिल्लो समय दुवै दलका खेलाडीहरू मैदानमा 10-10 जना मात्र रहेका थिए।
खेलको अन्तिम समयसम्म हवलर्स सिक्किमले गोल गर्ने अनेकौँ प्रयास गरेपनि सम्पूर्ण प्रयासहरू विफल बनेपछि तरूण खेलकुद संघ दार्जीलिङ हवलर्स सिक्किम विरुद्ध 2-1ले बिजयी बनेको छ।

No comments:

Post a Comment

Post Bottom Ad