भागोपले भन्यो - ‘खाँटी भारतीय नागरिकको एनआरसीबाट नाउँ छुट्न हुँदैन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 5, 2018

भागोपले भन्यो - ‘खाँटी भारतीय नागरिकको एनआरसीबाट नाउँ छुट्न हुँदैन’

गफसफ.com, कालेबुङ 5 अगस्त।
भारतीय गोर्खा परिसंघको तीन दिने राष्ट्रिय कार्यकारीको सभा आज समापन भएको छ। कालेबुङको दिशा सभागृहमा सम्पन्न भएको उक्त तीन दिवसिय कार्यकारी सभामा विभिन्न राज्यबाट प्रतिनिधीवर्ग उपस्थित रहेका थिए। सभामा विभिन्न मुद्दाहरूलाई लिएर व्यापक परिचर्चा गरिएको राष्ट्रिय अध्यक्ष सुखमान मोक्तानले जानकारी दिएका छन्। सभापछि मोक्तानले एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नीतिगत कार्यक्रमहरूलाई लिएर छलफल गरिएको बताउँदै विभिन्न कार्यक्रमहरूको घोषणा गरेका छन्।


‘दार्जीलिङ पहाड र डुवर्सलाई लिएर छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति एकजुट बनेर भागोपले सरकारलाई आफ्नै तरिकाले दवाउ दिनेका निम्ति भागोपले आफ्नै प्रकारले कार्य गर्नेछ। भारतीय गोर्खाहरूका निम्ति दुरदर्शनमा नेपाली भाषी कार्यक्रम सञ्चालन, गोर्खा च्यानल, दिल्लीमा गोर्खा भवन निर्माण लगायत अन्य मुद्दाहरूला आगमी पुन: सितम्बर महिनामा दिल्लीमा वैठक गर्नेछौँ’ भागोप राष्ट्रिय अध्यक्ष सुखमान मोक्तानले भने। यसक्रममा उनले भागोपलाई सम्वृद्धले अघि बडाउँदै गोर्खाहरूका निम्ति एउटा साझा मञ्चका रूपमा स्थापित गर्ने पनि मोक्तानले बताएका छन्। यसक्रममा उनले भागोपको आगमी जनवरी महिनामा सिलगडीमा भागोपको पाँचौ महाअधिवेशन गर्ने पनि मोक्तानले घोषणा गरेका छन्।
उनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा मणीपुरमा केहि दिन अघि विधानसभामा ल्याइएको मणीपुर पिपल्स एक्ट अनि आसाम राज्यमा चलिरहेको एनआरसी मुद्दालाई लिएर पनि गोर्खाहरूसँगै अन्य अल्पसङ्ख्यक जातिमाथि हुनेसक्ने खत्रलाई लिएर भागोपले लिगल सेल गठन गरेको पनि उनले जानकारी दिएका छन्। यसक्रममा उनले उक्त लिगल सेलले कार्य गर्ने अनि यसका निम्ति आसमका वरिष्ठ अधिवक्ता नित्यानन्द उपाध्ययलाई संयोजक नियुक्ति गरिएको पनि मोक्तानले जानकारी दिएका छन्। यसक्रममा भागोपको युवा प्रकोष्ठलाई बलियो बनाउन पनि दुईजना संयोजन चयन गरिएको अनि सांस्कृतिक प्रकोष्ठ बलियो पार्न पनि दुईजना संयोजक चयन गरिएको उनले जानकारी दिएका छन्। यी सम्पूर्ण कार्यहरू भागोपलाई शसक्त बनाउने दिशामा एउटा महत्वपूर्ण पहल गरिएको उनले अझ बताएका छन्। यसैक्रममा उनले पर्जा पट्टाको मुद्दालाई अघि बडाउने कार्य गर्ने पनि उनले बताएका छन्।
उनले एनजीसीलाई भागोपले स्वागत गर्दै आगमी दिनमा सहयोग गरेर कार्य गर्ने पनि स्पष्ट पारेका छन्। ‘एनजीसी प्रवुद्ध व्यक्तिहरूको समुह हो यसलाई भागोपले स्वागत गर्दछ’ सुखमान मोक्तानले भने। यसक्रममा उनले भागोपको महिला प्रकोष्ठलाई पनि बलियो पार्न डा. पुष्प शर्मा आशा मुखिया लामालाई संयोजिका चयन गरेको जानकारी दिएका छन्।
मणीपुर, आसाम र अरूणाचालमा गोर्खाहरूलाई समस्या हुँदैछ – मुनिष तामाङ
अर्कोतर्फ यता पत्रकार सम्मेलनलाई राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामाङले सम्बोधन गर्दै आसम अनि मणीपुरका गोर्खाहरू सँगै अहिले अरूणाचालका गोर्खाहरूलाई पनि समस्या सिर्जना भइरहेको बताएका छन्। तीनवटा राज्यका गोर्खाहरूको समस्याको जड एउटै नभए पनि समस्या भने मिल्दो जुल्दै रहेको उनले बताएका छन्। तीनवटै राज्यहरूबाट गोर्खाहरू उच्छ्देद हुनपर्ने सङ्कट आइरहेको भन्दै ती समस्याहरूलाई लिएर भारतीय गोर्खा परिसंघ गम्भीर रहेको अनि निदानको निम्ति उचित पहल गर्ने जानकारी पनि तामाङले दिएका छन्।
उनले आसामा राज्यमा एनआरसी अनि मणीपुर पिपल्स एक्टको मुद्दाले कतिसम्म प्रभाव पार्न सक्छ भन्ने विषयमा राष्ट्रिय कार्यकारी समितिको वैठकमा चर्चा गरिएको पनि जानकारी दिएका छन्।
Munish Tamang
भागोपले एनआरसीको मुद्दामा अन्तिम सूची जारी भएपछि मात्र चर्चा गरेको होइन। यसभन्दा अघि देखि नै सर्वोच्च न्यायालयले नियुक्ति गरेको रेजिस्टर जेनेरल अफ् इण्डिया अनि एनआरसी संयोजक प्रदिप हाजेलासँग अघिबाटै भेटघाट गरेर यसले गोर्खाहरूलाई पार्ने प्रभावमाथी चर्चा गरिसकेका मुनिष तामाङले बताएका छन्।
‘भागोपकै हस्तक्षेपको कारणले धेरै व्यक्तिहरूको नाउँ एनआरसीमा जोडीएको छ। यसको निम्ति हामी हर्षित छौँ। यसका साथै आगमी दिनहरूमा एनआरसीमा नाउँ नपसेका व्यक्तिहरूका निम्ति पनि के कस्ता निदान गर्न सकिन्छ भनेर हामीले नित्यानन्द उपाधयायलाई जिम्मेवारी दिएका छौँ’ मुनिष तामाङले भने। यसक्रममा उनले एनआरसीको सूचीमा त्यहाँ बसोबास गर्ने खाँटी भारतीय नारिकहरूको नाउँ छुट्न नहुने पनि भागोपले माग गरेको छ। ‘भारतका खाँटी नागरिकहरूको एकैजनाको नाउँ पनि एनआरसीको सूचीबाट छुट्नु हुँदैन’ मुनिष तामाङले स्पष्ट रूपले भने।
पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा उनले मणीपुर पिपल्स एक्ट मणीपुर राज्यको सदनमा पारित भएपछि त्यहाँ बसोबास गर्ने गोर्खा लगाय अन्य समुदायको अस्तितव सङ्कटमा पर्न सक्ने भन्दै यसबरे भागोप मणीपुरलाई कार्य गर्ने जिम्मेवारी कार्यकारी समितिको वैठकम निर्णय लिएको उनले स्पष्ट पारे। यस लगायत अनुणाचल प्रदेशमा अवस्थित बिजय नगर भन्ने ठाउँमा आसम राईफल्सका गोर्खाहरूलाई भारत सरकारले नै राख्ने कार्य गरेपनि अहिले उनीहरूलाई उच्छेद गर्न कार्य भइरहेको भन्दै उक्त समस्या समाधानका निम्ति भागोपले केन्द्र अनि राज्य सरकारसँग कुराकानी गर्ने पनि तामाङले स्पष्ट पारेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad