भाजपा प्रवक्ता सुधांशु त्रिवेदीले सम्पूर्ण गोर्खा जाति समक्ष माफी माग्नुपर्छ – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 5, 2018

भाजपा प्रवक्ता सुधांशु त्रिवेदीले सम्पूर्ण गोर्खा जाति समक्ष माफी माग्नुपर्छ – विनय तामाङ

गफसफ.com, दार्जीलिङ 5 अगस्त।
‘भारतीय जनता पार्टीका प्रवक्ता सुधांशु त्रिवेदीले एउटा टेलिभिजनको कार्यक्रममा गोर्खा रेजिमेन्टमा नेपालबाट नेपालीहरू भर्ती हुन्छ भनेर भाजपाको तर्फबाट अति सम्वेदनशील प्रतिक्रिया व्यक्त गरेका छन्।  उनले यस्तो प्रतिक्रिया गर्नुभन्दा अघि बुझ्नुपर्थ्यो कि उनी त्यही दलका प्रवक्ता हुन् जुन दलका दुईजना नेतालाई गोर्खाहरूले सांसद बनाइसकेका छन्’ उक्त कुरा जीटीए बीओए अध्यक्ष विनय तामाङले भनेका हुन्। उनले भाजपा प्रवक्ता सिधांशु त्रिवेदीको उक्त वक्तव्यको कडा रूपले खण्डन गर्दै गोर्खा जाति समक्ष माफी माग्नु पर्ने माग समेत गरेका छ्न्।
Binay Tamang (File Photo)

‘भाजपा प्रवक्ता सुधांशु त्रिवेदीको उक्त बयानले भाजपाको गोर्खाहरूलाई लिएर कस्तो भावना रहेको छ भन्ने स्पष्ट हुन्छ भने एनआरसी लागु गरिएको खण्डमा दार्जीलिङ पहाड़मा तराई डुवर्स अनि भारतको अन्य प्रान्तहरू कस्तो स्थिति उत्पन्न हुन्छ भन्ने सङ्केत पनि पाइन्छ’ विनय तामाङले प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्।
यसक्रममा विगतमा जसवन्त सिंह अनि एस एस आहलुवालियालाई गोर्खाहरूको सुरक्षा र न्यायको निम्ति चुनावमा बिजयी बनाएर पठाएको बताउँदै आज उनीहरू किन बोल्दैनन् भनि तामाङले प्रश्न तेर्साएका छन्। ‘विमल गुरुङको लागि सिलगडीमा आएर बोल्ने एस एस आहलुवालिया समुच्च गोर्खाहरूको लागि किन मौन छ?’ तामाङले प्रश्न गरेका छन्।  
यसक्रममा उनले विमल गुरुङ र रोशन गिरीको नाउँ नै लिएर उनीहरू भाजपाको हिमायती हुन् भन्दै आज उनीहरू भाजपा प्रति किन नरम छन्? भनेका छन्। उनले विमल गुरुङ अनि रोशन गिरीले आफ्नो मुद्दाको निम्ति सर्वोच्च न्यायालयमा दुई दुई करोड खर्च गर्न सकेको आरोप लगाउँदै यदि उनीहरू गोर्खाको मुद्दाप्रति इमान्दार छन् अनि आफुहरिइलाई सच्चा गोर्खा नेताहरू ठान्छन् भने भाजपा र केन्द्र सरकारको विरुद्धमा सर्वोच्च न्यायालयमा एनआरसी-को विरोधमा मुद्दा दर्ता गरेर देखाउने चुनौती समेत दिएका छन्।
यता तामाङले सांसद आहलुवालीयाप्रति पनि कटाक्ष गर्न पछि परेका छैनन्। उनले सांसद आहलुवालीयालाई निशाना बनाउँदै ‘गोर्खाहरूमाथि उनको के अडान छ स्पष्ट पारेको हुनुपर्छ’ भनेका छन्। ‘गोर्खा जातिप्रति साच्चै नै ईमान्दार छन् भने एस एस आहलुवालिया, आर सी शर्मा, विमल गुरुङ र रोशन गिरी दिल्लीमा एकसाथ भएर केन्द्र सरकार र भाजपाका वरिष्ठ नेताहरुसित यस विषयमा कुरा गरेर समस्याको हल निकालेको हुनुपर्छ’ तामाङले भनेका छन्। यदि उनीहरूले कार्य गर्न सक्दैनन् भने बेकामे प्रेस विज्ञप्ति र अडियो नपठाउँदा हुने सुझाव पनि दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad