सप्तश्री ज्ञानपीठद्वारा भाषा मान्यता दिवस पालन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 20, 2018

सप्तश्री ज्ञानपीठद्वारा भाषा मान्यता दिवस पालन

गफसफ.com, कालेबुङ, 20 अगस्त
सप्तश्री ज्ञानपीठ विद्यालयको आयोजनमा नेपाली भाषा मान्यता दिवस अनि शिवकुमार राई जन्म शतवार्षिकी पालन गरिएको छ। विद्यालयको नेपाली विभागको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। यस अवसरमा साहित्यकार नरबहादुर दहाल मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने नाटककार सीके श्रेष्ट विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। 

यसका साथै कार्यक्रममा नेपाली साहित्य अध्ययन समितिका अध्यक्ष ज्ञान सुतार, सचिव बलभद्र शर्मा, विद्यालयकै निर्देशक तपन प्रधान लगाय विभिन्न विद्यालयका शिक्षकवर्ग पनि उपस्थित रहेका थिए।
साहित्यकार शिवकुमार राईको तस्वीर अघि दिप प्रज्वलन गरेर सुरु गरिएको कार्यक्रममा विद्यार्थी रोहिता सुन्दासले शिवकुमार राईको व्यक्तित्व अनि कृतित्वबारे बताएकी थिइन्। यसक्रममा कार्यक्रममा पत्रकार शिबु छेत्री, पत्रकार अरूण रसाईली, साहित्यकार मुक्ति उपाध्याय बराल, युवा साहित्य अकादमी पुरस्कार विजेता छुदेन काबिमोलाई सम्मान जनाइएको थियो।
कार्यक्रममा 2017-18 का आईसीएसई अनि आईएससी परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान जनाइएको थियो भने विद्यार्थीहरूद्वारा कविता, नृत्य, गीत आदि प्रस्तुत गरेका। यस अवसरमा कार्यक्रमबारे विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक भुवन खनालले जानकारी गराउँदै प्रत्येक वर्ष नै विद्यालयले नेपाली भाषा मान्यता दिवसलाई पालन गर्दै आइरहेको अनि भविष्यमा पनि यसरी नै जारी राख्ने बताएका छन्। उनले नेपाली भाषा प्रति विद्यार्थीवर्गलाई रूचीकार गराउनका निम्ति पनि यसरी प्रत्येकवर्ष कार्यक्रम आयोजना गर्दै आइरहेको थप बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad