विनय तामाङ सरकारको पक्षमा होइन् चिया श्रमिकहरूको पक्षमा लाग्नुपर्छ – रोशन गिरी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 20, 2018

विनय तामाङ सरकारको पक्षमा होइन् चिया श्रमिकहरूको पक्षमा लाग्नुपर्छ – रोशन गिरी


गफसफ.com, कालेबुङ, 20 अगस्त
दार्जीलिङ पहाडका चिया श्रमिकहरूलाई शोषण मात्र भइरहेको गोजमुमोका भुमीगत नेता रोशन गिरीले अडियो सन्देश जारी गरेर आरोप लगाएका छन्। उनले गोजमुमो पार्टीको जन्म भएपछि आफुहरूले चिया श्रमिकहरूलाई 132 रूपियाँ हाजिरा दिन सकेको दाबी गरेका छन्। यसक्रममा उनले अहिलेघरी चिया श्रमिकहरूको दैनिक हाजिरा 335 हुनपर्छ भनि माग गरेका छन्।
रोशन गिरी - फाइल फोटो 
उनले अन्य राज्यहरूका चिया श्रमिकहरूले सही प्रकारका दैनिक मजदुरी पाइरहे पनि दार्जीलिङ चियालाई विश्वप्रसिद्द बनाउने श्रमिकहरूले भने न्यूनतम रोजगार ऐन अनुसार दनिक हाजिरा नपाएको बताएका छन्। यसक्रममा गिरीले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा आफ्नै साथीहरू सरकारको हातमा बिक्री भएको आरोप लगाउँदै सरकारको पक्षमा लागेर चिया श्रमिकहरूको आन्दोलनलाई समेत दबाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
‘हाम्रा साथीहरू सरकारको हातमा बिक्री भएर अहिले चिया श्रमिकहरू आन्दोलनलाई समेत दबाउने कोसिस गरिरहेको छ’ रोशन गिरीले अझ भने –‘हाम्रो माग 176 रूपिया होइन। न्यूनतम रोजगार ऐन अनुसार 335 रूपियाँ हुनपर्छ भन्ने हो।’ उनले चिया मालिकहरूले मुनाफा कमाए पनि घाटा देखाउँदै श्रमिकहरूलाई शोषण गरिरहेको भन्दै चिया श्रमिकहरूले आन्दोलन गर्दा मुद्दा लगाउनु सही कार्य होइन भनि बताएका छन्।
‘आज हामीले गोर्खाल्याण्डको गणतान्त्रिक आन्दोलन गर्दा सरकारको विभिन्न झुटो मुद्दा लगाएको कारण बाहिरिनु परिरहेको छ। यतिबेला कमसे कम बिनय तामाङले बुझ्न पर्ने हो। उनले यतिबेला सरकारको साथ लागेर होइन तर श्रमिकहरूको साथ लाग्नुपर्छ’ विनय तामाङले भने। यसक्रममा उनले चियाबगानको जीवन स्तर नबडेसम्म आर्थीक अवस्थाको बडोत्तरी नहुने भन्दै गोजमुमो पार्टीको पक्षबाट जोइन्ट फोरमको आन्दोलनलाई सहयोग गर्ने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad