नेहुर बालासनमा हाजिरी जवाब प्रतियोगिता - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 20, 2018

नेहुर बालासनमा हाजिरी जवाब प्रतियोगिता

गफसफ.com, कालेबुङ, 20 अगस्त।
सिक्सटी प्लस नेहुर बालासन चियाबारी शाखाले यहाँको विभिन्न प्राथमिक पाठशालाहरुलाई लिएर हाजिरी जवाब प्रतियोगिताको आयोजना गरेको छ। स्व. बी.चामलिङ अनि उनकी धर्मपत्नी स्व. एस. लेप्चाको स्मृतिमा सम्पन्न गरिएको हाजिरी जवाब प्रतियोगिता नेहुर बालासन प्राथमिक पाठशाला भवनमा सम्पन्न भएको हो।

यस अवसरमा बालासन भेगका विद्यालयहरू क्रमैले लीलावती प्राथमिक पाठशाला, नेहुर बालासन प्राथमिक पाठशाला, डन बस्को अङ्ग्रेजी पाठशाला र नाम्सु प्राथमिक पाठशालाका विद्यार्थीहरुले अंश ग्रहण गरेका थिए। लीलावती प्राथमिक पाठशालाका प्रधान शिक्षक अशोक गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती विनोद राई, विशिष्ट अथिती एन्जु तामाङ रहेका थिए।
चार चरणमा बिभक्त गरिएको उक्त हाजिरी जवाब प्रतियोगितामा विद्यार्थीवर्गले खुवै उत्साह देखाएका थिए। यसक्रममा प्रतियोगितामा नेहुर बालासन प्राथमिक पाठशालाले प्रथम स्थान ओगटे भने डन बस्को अङ्ग्रेजी स्कुलले दोस्रो अनि लीलावती प्राथमिक पाठशाला तेस्रो भएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad