पी.एस गोलेको स्वागतमा ओर्लियो जन सैलाब - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 10, 2018

पी.एस गोलेको स्वागतमा ओर्लियो जन सैलाब

गफसफ.com, गान्तोक, 10 अगस्त।
एकवर्षको जेल सजाय भोगेर सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पी.एस गोलेलाई आज सिक्किमका जनताले भव्य स्वागत गरेको थियो। जेल सजाय काटेर निस्केका गोलेलाई स्वागत गर्न आज हजारौँ मानिसहरू सडकमा ओलिएका थिए। यस अवसरमा जनताले ‘पी.एस गोले जिन्दावाद, सिक्किमे जनता परिवर्तन चाहन्छ’ भन्दै नाराबाजी समेत लगाएका थिए।
जेल मुक्ति भएपछि जनतालाई सम्बोधन गर्दै पी.एस गोले  (फोटो सौजन्य - पवित्र भण्डारी) 

गोलेको जेलमुक्तिको दिनलाई सिक्किम क्रान्तिकारी मोर्चाले ‘उन्मुक्ति दिवस’ को नाउँ दिएर उनलाई जेल परिसरबाट नै भव्यताको साथमा स्वागत गरेको थियो। यस अवसरमा विभिन्न स्थानहरूमा सिक्किम पुलिसको कडा सुरक्षा व्यवस्था पनि गरिएको थियो। जेलबाट निस्केपछि गोलेले पत्रकारहरूलाई सम्बोधन गर्दै ‘अब सिक्किमे आमाको निम्ति काम गर्नेछु, चाहे आफ्नो ज्यान नै किन नजाओस्’ भनेका छन् भने आगमी 2019 मा सम्पन्न हुने सिक्किम विधानसभा चुनावमा ‘एसडीएफ पार्टी रहला के?’ भने चुनावी विगुल पनि फुकेका छन्।
गोलेको स्वागतमा जुटेका जनता  (फोटो सौजन्य - पवित्र भण्डारी) 
उनको जेलमुक्तिकै अवसर पारेर आज सिक्किम क्रान्तिकारी मोर्चाले सिङ्ताममा एउटा जनसभाको पनि आयोजना गरेको थियो। उक्त जनसभामा हजारौँ मानिसहरू गोलेको स्वागतमा जुटेका थिए। उनले जेलबाट निस्केपछि सिङ्ताममा आयोजित जनसभालाई सम्बोधन गर्दै सम्पूर्ण सिक्किमे जनता अनि सिक्किम क्रान्तिकारी मोर्चाका कार्यकर्ताहरूलाई धन्यवाद दिएका छन्। 
गोलेको स्वागतमा जुटेका जनता  (फोटो सौजन्य - पवित्र भण्डारी) 

यस अवसरमा आगमी स्वतन्त्रता दिवसको दिनदेखि उनले पार्टीको राजनैतिक कार्यक्रम अघि बडाउने घोषणा समेत गरेका छन्। यसै अवसरमा गोलेला जनताद्वारा सङ्ग्रह गरिएको धनराशीले किनिएको स्कर्पियो वाहनको चाबी पनि सुम्पिएको छ भने आफु जेलबन्दी हुँदा पार्टीको पदभार सम्हाल्ने विधायकद्वय सोनाम लामा अनि के.एन लेप्चालाई सम्मान जनाइएको थियो। यस अवसरमा एसडीएफ पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल हुनेहरूलाई गोलेको बाहुलीबाट दलको झण्डा प्रदान गरेर स्वागत जनाइएको थियो।
(भिडियो सौजन्य - पवित्र भण्डारी) 

No comments:

Post a Comment

Post Bottom Ad