गफसफ.com, गान्तोक, 10 अगस्त।
भयावह सडक दुर्घट्नामा पूर्व सिक्किमको डिक्चुमा चारजनाको
मृत्यु भएको छ भने ६ जना गम्भीर रूपले घाइते भएका छन्। डिक्चु-राक्दोङ सडको तीन
माइलमा भएको सडक दुर्घट्नामा चारजना फुटबल खेलाडीहरूको मृत्यु भएको हो। उनीहरू
फुटबल खेलेर फर्किने क्रममा वाहन दुर्घट्नामा परेर मृत्यु भएको थाह लागेको छ।
![]() |
दुर्घटनाग्रस्त वाहन |
दुर्घट्नामा परेर मृत्यु हुनेहरूमा क्रमैले डिक्चु नया बजार
निवासी सतिस सिंह, जङ्ग बस्ती निवासी तारा छेत्री, आँपडाँडा लोवर तिनतेक पूर्व
सिक्किम निवासी सन्देश राई अनि राजकुमार राईको रूपमा चिन्हित गरिएको छ। दुर्घट्नामा
परेर घाइतेहरूमा बिकास सुनाम, तिलक शर्मा, अरुण राई, आशिष राई, अर्प्ण राई अनि
बिनोद तामाङ रहेका छन् भने उनीहरूको अवस्था पनि गम्भिर रहेको थाह लागेको छ।
प्राप्त जानकारी अनुसार उनीहरू खाम्दोङमा फुटबल खेलेर
फर्किरहेको समयमा वाहन दुर्घट्नामा परेका हुन्। दुर्घट्नाको कारण महेन्द्र बलोरो
पूर्णरूपले क्षतिग्रस्त भएको छ। दुर्घट्नाबारे थाह पाएपछि घट्नास्थलमा पुलिसबल
पुगेर घट्नाको छानबिन सुरु गरेको छ भने दुर्घट्नाको मुख्य कारण भने अझसम्म पत्तो
लाग्न सकेको छैन।
No comments:
Post a Comment