जापको दिल्लीमा धर्ना जारी; केन्द्र सरकारले गोर्खाहरूलाई न्याय दिनुपर्छ – नरेश राई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 8, 2018

जापको दिल्लीमा धर्ना जारी; केन्द्र सरकारले गोर्खाहरूलाई न्याय दिनुपर्छ – नरेश राई


गफसफ.com, दिल्ली 8 अगस्त।
छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै दिल्लीमा जन आन्दोलन पार्टीको युवा एकाईले धर्ना प्रदर्शन जारी राखेको छ। दिल्लीको सांसद मार्गमा आज पनि उनीहरूले छुट्टै राज्य गोर्खाल्याण्डको नाउँमा लेखिएका प्ला कार्डहरू बोकेर धर्ना प्रदर्शन गरेका थिए।
संसदको गृष्मकालिन सत्र चलिरहेको अवस्थामा छुट्टै राज्य गोर्खाल्याण्डको आवाजलाई उनीहरूले दिल्लीको सडकमा उठाएको हो। गत 6 अगस्तदेखि दिल्लीमा धर्ना प्रदर्शन सुरु गर्ने जाप युवा एकाईको धर्ना प्रदर्शनमा आज दिल्लीमा अवस्थित गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिकाका प्रवक्ता अञ्जनी शर्मा भुजेल पनि सहभागी बनेकी थिइन्।
‘भारतीय गोर्खाहरूलाई भारतीय संविधान अनुसार छुट्टै राज्य गोर्खाल्याण्डको गठन गरेर देशको सरकारले न्या दिनुपर्छ’ – जाप युवा एकाईका प्रवक्ता नरेश राईले भने। उनले आजसम्म गोर्खाहरूले न्याय पाउन नसकेको भन्दै गोर्खाल्याण्डै मुद्दामा भोट जित्ने सांसद आहलुवालीया समेत मौन बसेको उनले आरोप लगाएका छन्। ‘गोर्खाल्याण्डको निम्ति गोर्खाहरूले भाजपाका सांसद एस आहलुवालीयालाई संसदमा पठाएका छौँ। तर, अहिलेसम्म सांसद पनि चुप छन् भने भाजपा सरकार पनि चुप छन्। यसैकारण गोर्खाहरूको एकमात्र छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई देशभरीका सांसदहरूले बुझ्न सकोस् भनेर हामीले दिल्लीम धर्ना प्रदर्शन गरेका हौँ’ प्रवक्ता नरेश राईले भने।
उनले धर्ना प्रदर्शनको कारण दिल्लीमा यसबारे चर्चा चलेको भन्दै सरकारले गोर्खाहरूको समस्यालाई झट्ट समाधानको पहल गर्नुपर्ने माग दोहोर्‍याएका छन्। भाजपाले गोर्खाहरूको मागलाई सही प्रकारले सुनवाई नगरेको भन्दै विगत वर्ष छुट्टै राज्य गोर्खाल्याण्डको मागमा चलेको आन्दोलनमा गृहमन्त्री राजनाथ सिंहले ‘त्रिपक्षीय वार्ता’-को आश्वासन दिएर बन्द फिर्ता गर्न लगाए पनि आजसम्म त्रिपक्षीय वार्ता नगर्नु दुर्भाग्यजन रहेको पनि राईले बताएका छन्। ‘गोर्खाल्याण्डको मागमा चलेको बन्दलाई फिर्ताको अपिल गर्ने गृहमन्त्री राजनाथ सिंहले बोडोल्याण्डको निम्ति त्रिपक्षीय वार्ता गर्दा गोर्खाहरूको मागबारे त्रिपक्षीय वार्ता किन गर्दैन?’ नरेश राईले प्रश्न गरे। उनले गतवर्ष गृहमन्त्री राजनाथ सिंहले दिएको आश्वानलाई पुरा गर्दै गोर्खाल्याण्डबारे केन्द्रले त्रिपक्षीय वार्ताको पहल गर्नुपर्ने पनि माग गरेका छन्।
उनले दिल्लीमा जाप युवा एकाईले गरिरहेको धर्ना प्रदर्शनले गोर्खाल्याण्डको आवाजलाई दिशा दिन सकेको भन्दै यसबारे केन्द्रको सरकार अनि अन्य राष्ट्रिय स्तरका नेतृत्ववर्गको पनि ध्यान आकर्षण हुन सकेको दाबी गरेका छन्। यसक्रममा आफुहरूको धर्ना प्रदर्शनमा अन्य नेताहरूले पनि सहभागी बनेर सहयोग पुर्‍याउने कार्य गरेको पनि नरेश राईले जानकारी दिएका छन्। ‘गोर्खाल्याण्ड दिल्लीको सरकारले दिन्छ, यसकारण जापले संसदको प्रत्येक सत्रमा सरकारको ध्यान केन्द्रित गर्न दिल्लीमा धर्ना प्रदर्शन गर्नेछ’ अन्तमा नरेश राईले अझ भने।

No comments:

Post a Comment

Post Bottom Ad