लेप्चा पर्व पालन – एल.एस तामाङसाङले भने – ‘लेप्चाहरूले सुतेर बस्ने समय होइन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 8, 2018

लेप्चा पर्व पालन – एल.एस तामाङसाङले भने – ‘लेप्चाहरूले सुतेर बस्ने समय होइन’

गफसफ.com, कालेबुङ 8 अगस्त।
लेप्चाहरूको पारम्परिक पर्व तन्दोङ ल्हो रम्फात पालन गरिएको छ। कालेबुङ जिल्ला अधिनस्थ मिरिक क्योङमा एक कार्यक्रम आयोजना गरेर उक्त पर्व पालन गरिएको छ। इण्डिजेनियस लेप्चा ट्राइबल एसोसिएशन अधिनस्थ रहेको मिरिक क्योङको आयोजनामा पालन गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका लेप्चा समुदायका मानिसहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै इण्डिजेनियस लेप्चा ट्राइबल एसोसिएशनका अध्यक्ष दोर्जी टी. लेप्चाले आफुहरूको इतिहासलाई घर घरमा बचाएर राख्नुपर्ने आह्वान गरे। उनले लेप्चाहरूको प्रत्येक उत्सवलाई घरघरमा पालन गर्न आवश्यक रहेको जनाउँदै सबैलाई यसको निम्ति एकमुष्ठ बन्ने आह्वान पनि गरेका छन्।
हामी सांस्कृतिक हिसाबमा बहुमतमा रहनुपर्छ। यदि लेप्चाहरू सांस्कृतिक अल्पसंख्यक भए भोलि जातिलाई सङ्ग्राहलयमा हेर्नुपर्ने समय आउनुसक्छ’ - इल्टा अध्यक्ष दोर्जी टी. लेप्चाले अझ भने-‘अब लेप्चा इतिहालाई घर घरमा संरक्षण गरिनुपर्छ। भाषा र संस्कृतिलाई प्रत्येक परिवारले संरक्षण गर्नुपर्छ।’ यसक्रममा उनले राजनैतिक हिलोछेपाइ बन्द हुनुपर्ने बताउँडै सबैलाई एक भएर विकासको पथमा अघि बढ्ने आह्वान पनि गरे।
अर्कोतर्फ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लेप्चा विकास अबोर्डका अध्यक्ष ल्याङसोङ तामसाङले लेप्चाहरूले बोर्ड गठनपछि साहित्यिक र सांस्कृतिक क्षेत्रमा सन्तोषजनक काम गरिरहेको दाबी गरे। उनले लेप्चा साहित्यको विकास र सम्वर्द्धनमा सबैलाई अघि आउने आह्वान गर्दै भने, ‘कालेबुङमा धेरै लेखकहरू जन्मिरहेका छन्। यो हर्षको कुरा हो। भोलिदिनमा हामी नरहे पनि हाम्रो भाषा र संस्कृति रहन्छ। लेखनेहरूले कलम चलाउन छोड़्नु हुँदैन। राम्रो कृतिलाई बोर्डले प्रकाशित गरिरहेको छ र भविष्यमा पनि गर्नेछ।
उनले लेप्चाहरूलाई भावी पीड़िको निम्ति अघि आउनुपर्ने जनाउँदै यो समय लेप्चाहरूले सुतेर बस्ने समय होइन पनि भने। हामीले राजनीति बिर्सिदिनुपर्छ। धर्म बिर्सिनुपर्छ। किनकि हाम्रो निम्ति सब भन्दा ठूलो कुरा जातिको भविष्य हो। यसको निम्ति प्रत्येक लेप्चा अघि आउन जरूरी छ - तामसाङले भने।
एसटी लेप्चाले पूजा गरेपछि शुरू भएको उक्त कार्यक्रममा टी रोङकपले स्वागत सम्भाषण राखेका थिए। यस अवसरमा ओटी सादाद्वा लिखित लेप्चा पुस्तकको पनि लोकार्पण गरिएको थियो। कार्यक्रममा लेप्चा समुदायका मानिसहरूले आफ्ना सांस्कृतिक प्रस्तुति पनि दिएका थिए।

No comments:

Post a Comment

Post Bottom Ad