विश्वकवि रवीन्द्र नाथको 78 औँ पुण्यतिथी पालन; रवीन्द्र सङ्ग्राहलयलाई धरोहरको मान्यता दिइने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 8, 2018

विश्वकवि रवीन्द्र नाथको 78 औँ पुण्यतिथी पालन; रवीन्द्र सङ्ग्राहलयलाई धरोहरको मान्यता दिइने

गफसफ.com, मङ्पू 8 अगस्त।
विश्वकवि रवीन्द्र नाथ ठाकुरको 78 औँ पुण्यतिथी मङ्पूमा पालन गरिएको छ। सूचना एवम् सांस्कृतिक विभागको आयोजनामा मङ्पूको रवीन्द्र सङ्ग्राहलयमा पालन गरिएको उक्त कार्यक्रममा पर्याटन मन्त्री गौतम देव मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने जीटीए, बीओए अध्यक्ष विनय तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। 

यसका साथै कार्यक्रममा सिन्कोना निर्देशालयका निर्देशक डा. श्यामुएल राई, सूचना एवम् सांस्कृतिक विभागका अधिकारी जगदीश चन्द्र रोय, वेलफ्यार कमिसनर अजिज रसुल, लगाय अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।
‘मङ्पूको रवीन्द्र सङ्ग्राहलय कविगुरु विश्वकविसँग जोडिएको ऐतिहासिक पर्यटन स्थल हो। यस ऐतिहासिक ठाउँलाई पश्चिम बङ्गाल सरकारले धरोहरको मान्यता दिलाउने पहल गरिरहेको छ’ कार्यक्रमलाई सम्बोधन गर्दै पर्याटन मन्त्री गौतम देवले भने। यसक्रममा उनले जीटीएको पक्षबाट उचित संरक्षणको अनि सुन्दरीकरण गर्नका निम्ति जीटीए बोर्ड अध्यक्ष विनय तामाङसँग पनि कुराकानी भएको जानकारी गराएका छन्। ‘ऐतिहासिक धरोहरलाई संरक्षण गरेर यसलाई अझ संरक्षण गर्नुपर्ने महशुस गरेका छौँ। यस विषयमा धरोहर विभागसँग पनि कुराकानी भएको छ’ पर्याटन मन्त्री गौतम देवले भने। यसक्रममा उनले मङ्पूमा विश्वविद्यालय निर्माण भएपछि अझ उक्त धरोहरको आकर्षण वृद्धि हुने पनि बताएका छन्।
यता कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए बोर्ड अध्यक्ष विनय तामाङले मङ्पूमा विश्वविद्यालय निर्माणको बील विधानसभामा पारित भइसकेको पछि यस क्षेत्रको अझ महत्व वडेर जाने बताएका छन्। ‘कविगुरु रवीन्द्रनाथले टेको यस पवित्र भूमीमा विश्वविद्यालय निर्माण भएपछि अझ यो ठाउँ मलिलो भएर जानेछ’ विनय तामाङले अझ भने –‘यो सम्पूर्ण पहडवासीका निम्ति ठूलो उपलब्धी हो।’
उनले मङ्पूमा राज्यसरकारद्वारा पारित विश्वविद्यालय निर्माण भएपछि यहाँ एजुकेशन हब बनिने भन्दै यसले मङ्पूलाई मात्र नभएर सम्पूर्ण पहाडवासीलाई धेरै लाभ पुग्ने पनि बताएका छन्। यसक्रममा उनले विश्वविद्यालय निर्माणको बिल पारित भएकोमा पुन: मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिए। उनले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा विश्वकवि रवीन्द्र नाथ ठाकुरले पहिलोपल्ट पाइला राखेको ऐतिहासिक सिरेल बङ्गलोलाई पनि धरोहरको मान्यता दिएर विश्वमानचित्रमा मङ्पूललाई परिचित गराउने भन्दै यसको निम्ति पर्याटनमन्त्री गौतम देवसँग कुराकानी चलिसकेको अनि राज्यसरकारसँग मिलेर जीटीएले उक्त कार्य गर्ने पनि बताएका छन्।
यता कार्यक्रमलाई सिन्कोना निर्देशालयका निर्देशक डा. श्यामुएल राईले पनि सम्बोधन गरेका थिए भने कार्यक्रममा जीटीए सूचना एवम संस्कृतिक विभागको पक्षबाट हिरा रसाइलीले रबीन्द्र संगीत, लिम्बु विकास बोर्डद्वारा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। यसक्रममा सिलिगुडी अनि कोलकाताका आएका कलाकारहरुले रवीन्द्र संगीत प्रस्तुत गरेका थिए।
स्मरण रहोस्, 21 मई 1938 का दिन मङ्पूमा पहिलोपल्ट पाइला टेक्ने विश्वकवि रवीन्द्र नाथ ठाकुरले आफ्नो जीवनभरमा मोठ चारचोटि मङ्पूको भ्रमण गरेका थिए। यसक्रममा उनी मङ्पूको प्राकृतिको सौन्दर्यले आकर्षित बनेर एकाधिक समय मङ्पूमा नै बिताउनुको साथै एकाधिक साहित्यिक सिर्जनाहरू पनि गरेका छन्। यस लगायत पनि उनले मङ्पूमा बस्दा एकाधिक चित्रहरू कोरेका छन्। उनले मङ्पूमा बस्दा लेखेका कविता, चित्रहरू अहिले पनि रवीन्द्र सङ्राहलमा सुरकक्षित रहेको छ भने उक्त बहुमूल्य समाग्रीहरू हेर्नका निम्ति नै मानिसहरू धेरै मात्रमा मङ्पू आउने गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad