स्वातन्त्रता दिवसमा तीनजना नारीहरूलाई सम्मान गरिने; परेडको सलामी थाप्ने भए विनय तामाङले - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 13, 2018

स्वातन्त्रता दिवसमा तीनजना नारीहरूलाई सम्मान गरिने; परेडको सलामी थाप्ने भए विनय तामाङले

गफसफ.com, कालेबुङ 13 अगस्त।
72 औँ स्वातन्त्रता दिवसको अवसरमा कालेबुङका तीनजना नारीहरूलाई सम्मान जनाइने भएको छ। स्वतन्त्रता दिवस समारोह आयोजक समितिका संयोजक विनय घिसिङले आज एक पत्रकार सम्मेलन आयोजना गरेर उक्त जानकारी दिएका छन्।

विशेष गरेर सामाजिक कार्यमा संलग्न रहेकी हिल सोसियल वेल्फेयर सोसाइटीकी सचिव शोभा छेत्री, बाल मजदुर रोकथामको कार्यमा लागिपरेकी सिस्टर सुवेस्ना थापा अनि कालेबुङ ट्राफिक व्यवस्थामा कार्यरत ट्राफिक पुलिस कर्मी गितु तामाङलाई आयोजक पक्षले सवर्द्धना गर्ने भएको छ घिसिङले जानकारी दिएका छन्।  
आगमी स्वतन्त्रता दिवसलाई भव्यतासँग पालन गर्नका निम्ति अहिलेघरी तयारी युध स्तरमा चलिरहेको भन्दै उनले स्वातन्त्रता दिवस समारोहको परेडमा सलामी जीटीए बोर्ड अध्यक्ष विनय तामाङले ग्रहण गर्ने पनि बताएका छन्। ‘हामीले वितेको वर्ष स्वतन्त्रता दिवस पालन गर्न सकेनौँ। वितेको वर्षको परिस्थिति अर्कै रहेको थियो। त्यसबेला पहाडमा अशान्ति भएको कारण हामीले स्वतन्त्रता दिवस पालन गर्न सकेनौँ’ विनय घिसिङले अझ भने – ‘वितेको वर्षको अशान्त पहाडलाई शान्तिको बाटोमा ल्याउनका निम्ति जीटीए बोर्डका अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापाहरूले महत्वपूर्ण कार्य गरेका छन्। त्यसैको कारण आज पहाडमा शान्ति स्थापना भएपछि हामीले यसवर्षको स्वतन्त्रता दिवसलाई पुरानै तरिकाले गौरवाशी बनाउने योजना अनुसार तयारी गरिरहेका छौँ।’
यसक्रममा उनले स्वतन्त्रता दिवसको दिन कालेबुङ शहर संलग्न क्षेत्रका मोठ 21 वटा विद्यालयका विद्यार्थीवर्गले परेडमा भाग लिने पनि जानकारी दिएका छन्। ‘वितेका वर्षहरू झैँ यसवर्ष पनि विभिन्न विद्यालयका विद्यार्थीहरूले परेड प्रदर्शन गर्नेछन्। यसकारण सम्पूर्ण मानिसहरूलाई स्वतन्त्रता दिवसको दिन कार्यक्रममा सहभागी बनिदिने आह्वान गर्दछौँ’ आयोजक समितिका विनय घिसिङले भने। उनले दुई दिवसीय समारोहको पहिलो दिन विद्यालयका विद्यार्थीवर्गद्वारा परेड सँगै विभिन्न वर्गका फुटबल फाइनल पनि सम्पन्न हुने जानकारी दिएका छन् भने कार्यक्रममा तीनजना नारीहरूलाई भव्य सम्मान सँगै बोर्ड परिक्षामा उच्च अङ्क प्राप्त गर्ने विद्यार्थीवर्गलाई पनि सम्मान जाउने कार्यक्रम रहेको जानकारी दिएका छन्। यसरी दोस्रो दिनको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीवर्ग माझ ब्याड डिस्प्ले प्रतियोगिता सम्पन्न हुने पनि उनले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad