स्वतन्त्रता दिवसमा जनप्रतिनिधीले सलामी ग्रहण गर्नुपर्छ – डा. हर्कबहादुर छेत्री - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 13, 2018

स्वतन्त्रता दिवसमा जनप्रतिनिधीले सलामी ग्रहण गर्नुपर्छ – डा. हर्कबहादुर छेत्री

गफसफ.com, कालेबुङ 13 अगस्त।
स्वतन्त्रता दिवसमा जनताद्वारा चुनिएका प्रतिनिधीले सलामी ग्रहण गर्नुपर्ने जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले माग गरेका छन्। यसै सन्दर्भमा जाप प्रतिनिधी टोलिले आज कालेबुङ जिल्लालाई भेट गर्न नसक्दा उप जिल्लपाललाई ज्ञापन पत्र दिएर स्वतन्त्रता दिवसमा जनप्रतिनिधीले सलामी ग्रहण गर्नुपर्ने माग उठाएको छ।
जिल्लापाललाई ज्ञापन चढाउन गएका जाप प्रतिनिधीवर्ग 

 जाप पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले यसबारे पत्रकारहरूलाई जानकारी दिँदै जसरी दिल्लीमा स्वातन्त्रता प्रधानमन्त्रीले स्वतन्त्रता दिवसमा सलामी ग्रहण गर्छन् त्यसरी नै कालेबुङमा पनि जनताद्वारा चुनिएका प्रतिनिधीले सलामी ग्रहण गर्नुपर्ने बताएका छन्।
‘स्वतन्त्रता दिवसमा दिल्लीमा राष्ट्रपतिले सलामी ग्रहण गर्दैनन्। त्यहाँ प्रधानमन्त्रीले ग्रहण गर्छन् अनि गणतन्त्र दिवसमा भने राष्ट्रपतिले सलामी ग्रहण गर्छन्। राज्यमा मुख्यमन्त्रीले सलामी लिन्छ भने दार्जीलिङ पहाडमा भने किन जनप्रतिनिधीको अवहेलना? यसकारण आगामी स्वतन्त्रता दिवसमा यहाँका जनप्रतिनिधीको हैसियतमा विधायकले सलामी ग्रहण गर्नुपर्ने हाम्रो माग छ’ डा. हर्कबहादुर छेत्रीले भने।
उनले विधायक जुनसुकै राजनैतिक दलको भए पनि उनी जनताद्वारा चुनिएका प्रतिनिधी भएको कारण सलामी ग्रहण गर्न उनलाई दिनुपर्ने पनि माग गरेका छन्। यसक्रममा उनले विगतका दिनहरूमा महकुमा अधिकारी, पार्टीका अध्यक्ष आदिले समेत सलामी ग्रहण गरेरे जनप्रतिनिधीको अवहेलना गरिएको भन्दै अबउसो सधैँभरी प्रत्येक स्वतन्त्रता दिवसमा विधायकलाई सलामी ग्रहण गर्ने परम्परा स्थापित गर्नुपर्ने पनि उनले माग गरेका छन्।
यसक्रममा डा. छेत्रीले विनय तामाङ जनप्रतिनिधी नरहेको कारण उनी आफैले सलामी ग्रहण गर्नु हुँदैन भन्ने बुझ्नुपर्ने भन्दै ‘यस्तो गल्ती विनय तामाङले गर्नु हुँदैन’ भनि सुझाव दिएका छन्। ‘विनय तामाङले आफु जनप्रतिनिधी होइन भन्दै जान्दछन्। यसकारण उनी यस्तो विवाद पर्नु भन्दा विवाददेखि टाडा बसेको राम्रो हुनेछ। स-सानो सलामीको लोभमा पर्नु हुँदैन। उनले राम्रो काम गर्नुपर्छ जसको कारण जनताले मनबाट सलामी दियोस्। यसकारण उनले सलामी ग्रहण नगरेको उचित हुनेछ’ डा. छेत्रीले सुझाव दिँदै भने।
डा. छेत्रीले पत्रकारहरूसँग कुराकानी गर्नेक्रममा छुट्टै राज्य गोर्खाल्याण्डको मागमा दिल्लीमा धर्ना प्रदर्शन गरेर फर्किएका पार्टी कार्यकर्ताहरूलाई पुलिसले पक्राउ गरेपछि त्यसैको विरोधमा पार्टीले मौन धर्ना प्रदर्शन गर्नलाई अनुमति माग्दा आवेदन समेत स्वीकार नगरेको भन्दै यसबारे पनि जिल्ला प्रशासनलाई अवगत गराएको जानकारी दिएका छन्। ‘हाम्रो मौन धर्नाको आवेदनलाई पुलिसले पनि लिएन अनि यता महकुमा अधिकारीले पनि लिएन। त्यसो हो भने धर्ना गर्नका निम्ति कसलाई आवेदन माग्नुपर्ने हो?’ डा. छेत्रीले प्रश्न गरे। उनले पुलिस प्रशासन, जिल्ला प्रशासन अनि राजनैतिक दलहरूको आ-आफ्नै प्रकारको कार्यहरू हुने गरेको भन्दै राजनैतिक दलहरूलाई मौन धर्ना प्रदर्शन गर्नलाई अनुमति माग्दा समेत अनुमति नदिनुको घट्नाले पहाडमा गणतन्त्र नरहेको अझ स्पष्ट बनेको दाबी गरेका छन्।
दिल्लीम धर्ना प्रदर्शन गरेर फर्केका कार्यकर्ताहरूलाई स्वागत गर्नलाई भेला भएका हाम्रा समर्थकहरूलाई पुलिसले जुन मुद्दा दर्ता गरेको छ त्यो अत्यन्त्यै ठिक होइन। पुलिसले पक्राउ गरेर घातक हात हतियारहरू बोकेको आरोप समेत लगाएर मुद्दा दर्ता गरेको छ। जुन झुटो आरोपहरू लगाएको छ त्यसैको प्रतिवादमा मौन धर्ना प्रदर्शन गर्ने हाम्रो कार्यक्रम थियो डा. छेत्रीले भने। उनले यसबारेमा कालेबुङ जिल्ला पुलिस अधिक्षकलाई समेत भेट गरेर पुलिसले कानुन व्यवस्थालाई सुचारू चलाउनुका निम्ति काम गरोस् अनि मनपरी नभएको कुरामा मुद्दा थोप्ने कार्य नगरोस् भनि ज्ञापन पत्र दिएको जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad