कालेबुङ जिल्ला महिला पुलिस थानाको उद्घाटन; आई.जी वर्माले भने – पूर्वधारहरूको विकास गर्दैछौँ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 13, 2018

कालेबुङ जिल्ला महिला पुलिस थानाको उद्घाटन; आई.जी वर्माले भने – पूर्वधारहरूको विकास गर्दैछौँ

गफसफ.com, कालेबुङ 13 अगस्त।
कालेबुङ जिल्ला गठन पछि आज महिला पुलिस थानाको उद्घाटन गरिएको छ। आई.जी मनोज कुमार वर्माले उक्त महिला पुलिस थानाको आज उद्घाटन गरेका छन्। कालेबुङ जिल्ला पुलिस अधिक्षक धुर्व ज्योति दे, उप अधिक्षक अतुल भी, जीटीए बोर्ड सदस्य सञ्चबीर सुब्बा, नगराध्यक्ष रवी प्रधान लगायत अन्य अधिकारीवर्गको विशेष उपस्थितिमा उनले महिला पुलिस थानाको आज औपचारिक उद्घाटन गरिएको हो।
महिला थानाको उद्घाटन गर्दै आई.जी मनोज कुमार वर्मा साथमा पुलिस अधिक्षक धुर्व ज्योति दे 

‘कालेबुङ जिल्ला महिला पुलिस थानाको आज उद्घाटन गरिएको छ। माननीय आई.जी सरले आज उक्त जिल्ला महिला पुलिस थानाको औपचारिक उद्घाटन गरेका छन्’ उद्घाटन पछि पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङ जिल्ला पुलिस अधिक्षक धुर्व ज्योति देले भने। उनले उक्त जिल्ला महिला महिला जिल्ला इन्फोर्स्मेन्ट ब्राञ्चको बिल्डिङमा उद्घाटन गरेको जानकारी दिँदै अहिले सोही स्थानबाट महिना थाना सञ्चालन हुने पनि जानकारी दिएका छन्।
अर्कोतर्फ यता कालेबुङ जिल्ला गठन पछि जिल्लामा पुलिस फोर्सको कमीबारे प्रश्न गर्दा पुलिस आई.जी मनोज वर्माले फोर्सको कमी केवल कालेबुङ जिल्लामा मत्र नभएर राज्यभरी नै रहेको भन्दै सरकारले यसबारे नयाँ भर्नाको प्रक्रिया गरिरहेको अनि केही समय पश्चात उक्त कमी पुरा हुने आशा व्यक्त गरेका छन्।
‘कालेबुङमा हामीले नयाँ पुलिस थानाको प्रपोजल पठाएका छौँ। पेदोङ, रियाङ, अलगडा, लाभा आदि ठाउँमा पुलिस थाना निर्माण गर्ने हाम्रो योजना छ। यसका साथै पुलिसका अन्य युनिट पनि वृद्धि गर्ने हाम्रो योजना छ। यी सम्पूर्ण पूर्वधारहरूको विकास भएपछि समस्या समाधान हुनेछ भन्ने हामीलाई विश्वास रहेको छ’ आई.जी मनोज वर्माले पत्रकारहरूलाई भने।

No comments:

Post a Comment

Post Bottom Ad