विनय तामाङले टिचिङ एण्ड ट्रेनिङ एडुकेशनका भाइस चान्सलरसँग गरे वैठक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 24, 2018

विनय तामाङले टिचिङ एण्ड ट्रेनिङ एडुकेशनका भाइस चान्सलरसँग गरे वैठक


गफसफ.com, दार्जीलिङ 24 अगस्त।
जीटीए अध्यक्ष विनय तामाङले पश्चिम बङ्गाल युनिभर्सिटी अफ टिचिङ एण्ड ट्रेनिङ एडुकेशन प्लानिङ एण्ड एडमिनिस्ट्रेशनका भाइस चान्सलर डा. सोमा बन्द्योपद्यायसित कलकत्तामा भेटवार्ता गरेका छन्। उक्त भेटघाटमा दार्जीलिङ पहाड़का स्थायी शिक्षकहरू जसले बीएड प्रशिक्षण गरेका छैनन् उनीहरूको समस्याबारे विस्तृतरूपमा चर्चा-परिचर्चा गरिएको जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले प्रेस बिज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।
तामाङले वैठककै क्रममा भाइस चान्सलर डा. सोमा बन्द्योपद्यायलाई दार्जीलिङ पहाड़ आउने निमन्त्रणा दिएका छन् भने उनले उक्त निमन्त्रणालाई स्वीकार गरेकी छन्। यसक्रममा उनी आगामी 7 सेप्टेम्बरको दिन माध्यमिक शिक्षक कल्याण संगठनद्वारा दार्जीलिङमा आयोजित शिक्षक दिवस एवं सम्मान समारोहमा उपस्थित हुन आगामी 6 सेप्टेम्बरको दिन नै दार्जीलिङ आइपुग्ने भएकी छिन्।
एनसीटीईको प्रावधान अनुसार हो भने प्रत्येक शिक्षकहरूले बीएड प्रशिक्षण लिन अति अनिवार्य रहेको छ तथापि दार्जीलिङ पहाड़का धेरैजना स्थायी शिक्षकहरूले अहिलेसम्म बीएडको प्रशिक्षण गर्न सकिरहेका छैनन्। विशेषरूपले दार्जीलिङ पहाड़मा एकमात्र सरकारी बीएड कलेज भएकोले गर्दा उक्त कलेजमा सबैजना इच्छुकहरूले भर्ना लिन सकिरहेका छैनन्। यसैले गर्दा पनि शिक्षकहरूले बीएड प्रशिक्षण प्राप्त गर्न असमर्थ बनिरहेका हुन्। यही विषयहरू लिएर लगभग एक घण्टाजत्ति भएको उक्त बैठकमा दार्जीलिङ पहाड़का अप्रशिक्षित शिक्षकहरूको समस्याहरूबारे विस्तृतरूपमा चर्चा- परिचर्चा गरिएको छ भने अप्रशिक्षित शिक्षकहरूको निम्ति उक्त भेटवार्ता धेरै सकरात्मक बन्न पुगेको थापाले विज्ञप्तिमा बताएका छन्।
‘दार्जीलिङ पहाड़का शैक्षिकक्षेत्रका हरेक समस्याहरूको समाधान गरी शिक्षा व्यवस्था व्यवस्थित बनाई हराउँदै गइरहेको दार्जीलिङ पहाड़को शैक्षिक गरिमालाई पुनः फर्काई ल्याउन जीटीए प्रतिवद्ध छ। यसको निम्ति हामी धेरै प्रयास पनि गरिरहेका छौं’ जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad