एनआरसी विषयमा भागोपले भेट्यो असमका राज्यपाल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 24, 2018

एनआरसी विषयमा भागोपले भेट्यो असमका राज्यपाल

गफसफ.com, कालेबुङ 24 अगस्त।
एनआरसी विषयलाई लिएर असमका खाँटी नागरिक मानिसका गोर्खाहरूले कुनै प्रकारको समस्या भोग्न नपर्ने माग गर्दै भारतीय गोर्खा परिसंघको प्रतिनिधी टोलिले असम राज्यका राज्यपाललाई भेट गरेका छन्। भागोप राष्ट्रिय अध्यक्ष सुखमान मोक्तान, कार्यकारी अध्यक्ष मुनिष तामाङ आदिको नेतृत्वमा रहेको प्रतिनिधि टोलिले राज्यपाल प्रो. जगदिश मुखीलाई भेट गरेर एनआरसीको समस्याले असमबाट गोर्खाहरू उच्छेद बन्न नपरोस् भनि माग गरेका थिए। यस सम्बन्धमा राज्यपालले गोर्खाहरूलाई एनआरसीलाई लिएर धेरै चिन्तित बन्न नपर्ने आश्वासन दिएका छन् भने उनले आफ्नो पक्षबाट उचित पहल गर्ने आश्वासन पनि दिएका छन्।
विशेष गरेर उक्त भेटघाटमा भारतीय गोर्खा परिसंघले असममा वर्षौँ देखि वसोवास गर्दै आइरहेका गोर्खाहरूले आफ्नो नागरिकता प्रमाणित गर्नका निम्ति ब्रिटिसकालिन कर भुक्तान गरेका दस्तावेजहरूलाई पनि एनआरसी समितिले मान्य गर्नुपर्ने माग गरेको थियो। यसभन्दा अघि गोर्खाहरूले आसममा बसोबास गर्दा ब्रिटिस सरकारलाई कर बुझाएको कागजहरूले गोर्खाहरू आसमका खाँटी नागरिक हो भन्ने प्रमाणित गरेपनि त्यस कागजलाई एनआरसी समितिले स्वीकार नगर्दा पूर्खौँदेखि बसोबास गर्ने गोर्खाहरूलाई समस्या भएको भागोपले राज्यपाललाई अवगत गराएको थियो।
भागोपले राखेका विषयहरूलाई गम्भीरतासँग लिँदै राज्यपालले आफ्नो पक्षबाट उचित पहल गरेर आसमका गोर्खाहरूलाई एनआरसीको कारण आसमबाट उच्छेद बन्न नपर्ने पहल गरिदिने राज्यपालले आश्वासन दिएको भागोप प्रचार प्रसार सचिव आकाश लामाले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad