अलगडा बजारमा आगलागी; 3 वटा दोकान पूर्णरूपले क्षतिग्रस्त - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 24, 2018

अलगडा बजारमा आगलागी; 3 वटा दोकान पूर्णरूपले क्षतिग्रस्त

गफसफ.com, कालेबुङ 25 अगस्त।
अलगडा बजारमा आगलागी हुँदा लाखौँको सम्पति जलेर नष्ट भएको छ। आगलागीको चपेटमा परेर तीनवटा दोकान पूर्णरूपले स्वाह भएको छ भने तीनवटा दोकानमा आंशिक क्षति भएको छ। घट्ना हिज राती भएको हो। प्राप्त जानकारी अनुसार राती लगभग 8:30 बजे देखि 9 बजेको समयमा पानी परिरहेको कारण बजारमा सबै मानिसहरूले आफ्ना दोकानहरू बन्द गरिसकेका थिए। पानी परेको कारण बजारमा मानिसहरू शुन्य प्राय नै रहेको थियो भने त्यसै समयभित्र अचानक आगलागी भएको हो।

पानी परेको कारण मानिसहरूले आगलागी भएको तत्कालै थाह पाउन सकेनन्। जसको कारण पछिबाट आगोले उग्ररूप लिएपछि मात्र मानिसहरूले थाह पाएका थिए। मानिसहरूले आगलागीको थाह पाउँदा सम्म आगोले उग्र रूप लिइसकेको थियो भने तीनवटा दोकानलाई पूर्णरूपले आफ्नो चपेट लिइसकेको थियो। उक्त लागलागीको चपेटमा परेर पेम्पा भोटियाको मोमो दोकान, हरेराम प्रसादको पान दोकान अनि एम.डी जसोदिनको लुगा दोकान जलेर पूर्णरूपले नष्ट भएको छ भने उक्त दोकानहरूसँगै रहेका रिना प्रधानको सब्जी दोकान, कृष्ण प्रसादको सब्जी दोकान अनो एमडी ईम्तियाजको माछा दोकान आंशिक क्षति भएको छ।

आगलागी थाह पाएपछि गाउँलेहरूले आगोलाई निभाउने प्रयास गरेका थिए भने यस अवधी बजार आएका सेनाका जवानहरूले पनि आगोलाई निभाउन सहयोग गरेका थिए। घट्नाबारे यता अग्निसमन विभागलाई सूचित गरेपछि कालेबुङबाट अग्निसमन विभागका कर्मीहरू पनि घट्ना स्थलमा पुगेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad